PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पोखरा महानगरका मेयरले डोजर चलाउँदा ३ घाइते



नरहरि पौड्याल

पोखरा महानगरका मेयरले डोजर चलाउँदा ३ घाइते

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलाको किनारामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा मेयर मानबहादुर जिसीले चलाएको डोजर अनियन्त्रित भई रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार घाइते भएका छन्।
 
फिर्केखोलाको मिचिएको मापदण्द हटाएर खोलाको किनारामा पैदलमार्ग निर्माण गर्ने योजना अनुसार उद्घाटनको क्रममा मेयर जिसीले डोजर चलाइ दिँदा समाचार संकलनको लागि पुगेका संचारकर्मीद्वय रञ्जन अधिकारी र सन्देश श्रेष्ठ सहित स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्के खोलामा खसेका थिए ।

घाइते गौरी पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ भने पत्रकारद्वय अधिकारी र श्रेष्ठ उपचार पछि घर फर्केका छन् । उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ । 

कार्यक्रमका प्रमुख अतिथि रहेका महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना घटेको हो । मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दबाउने क्रममा वकेटले रेलिङ भत्काउँदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलमा खस्न पुगेका थिए ।

महानगरको अँधेरी कुनादेखि ड्यामसाइडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने योजना अनुसार पैलयमार्गको सुभारम्भ गरिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell