PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु



अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा : अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको मृत्यु भएको छ। 
नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो। ढिस्कोले पुरिएर दुई जना नेपाली र दुई जना भारतीय कामदारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार सारुमगरले बताए। 

ढिस्कोले पुरिएर कालीकोट सिउना गाउँपालिका-४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका-१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको मृत्यु भएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर विद्युत् मिस्त्री थिए। 

प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर घटनास्थलमा उद्धारका काम भइरहेको छ। झरी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक सारुमगरले जानकारी दिए। ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थलमा लगिसकिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell