PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नयाँ बजारमा दुर्घटनामा परी स्कूटरमा सवार महिलाको मृत्यु



नयाँ बजारमा दुर्घटनामा परी स्कूटरमा सवार महिलाको मृत्यु

काठमाडौँ : काठमाडौंको नयाँबजार पिपुल्स अस्पतालस्थित सडकखण्डमा आज बिहान साढे ११ बजे माइक्रो, मोटरसाइकल र स्कूटर ठोक्किएर भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। 

बा २ ख ७०६ नम्बरको माइक्रो, बा ३४ प ३६६७ नम्बरको मोटरसाइकल र बा ५३ प ३७८२ नम्बरको स्कुटर संलग्न सवारी दुर्घटनामा स्कुटरपछाडि बसेकी नुवाकोट घर भई हाल काठमाडौं बस्ने ४० वर्षिय पवित्रा देवी भट्टको गम्भीर घाइते भएकी थिएन्।

उनको उपचारको क्रममा पिपुल्स अस्पताल नयाँबजारमै मृत्यु भएको छ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकहरुलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिएको छ। दुर्घटना सम्बन्धमा विस्तृत अनुसन्धान भैरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell