PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


शशांक र शेखरको भेट टोखामा : कांग्रेसभित्रको गुटबन्दी अन्त्यबारे छलफल


शशांक र शेखरको भेट टोखामा : कांग्रेसभित्रको गुटबन्दी अन्त्यबारे छलफल

काठमाडौं :  कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा .शेखर कोइरालाले आज कांग्रेस महामन्त्री डा .शशांक कोइरालासँग टोखास्थित शशांक निवासमा भेटेका छन्। दुईबीच पार्टीभित्र पछिल्लो समय बढ्दै गएको गुटबन्दीबाट पार्टीलाई कसरी जोगाउने भन्नेबारे लामो छलफल गरेको बताइएको छ।

कांग्रेसभित्र महामन्त्री कोइरालाले आफू गुटबन्दीको अन्त्य र पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका छन्। यता डा. शेखरले पनि गुटको विरोध गर्दै आएका छन्। गुटबन्दीकै विषयलाई लिएर शेखरले सभापति शेरबहादुर देउवाको कार्यशैलीको कडा आलोचना गर्दै आएका छन्। 

महामन्त्री शशांकले देउवाकै पक्ष लिएको भन्दै आरोप लागिरहेको बेला दुबै नेता फरकफरक कित्तामा उभिएको देखिन्छ। तर, यी दुई नेताले आफूहरु फरकफरक कित्तामा नरहेको दाबी गर्दै बेलाबेला यस्तो भेटघाट गर्दै आएका छन्।

कांग्रेसको भावी सभापतिका रुपमा हेरिएका शशांक र शेखरबिच पारिवारिक भेटघाट नै भए पनि यसलाई कांग्रेसभित्र महत्वका साथ हेर्ने गरिन्छ।



शशांक र शेखरको भेट टोखामा : कांग्रेसभित्रको गुटबन्दी अन्त्यबारे छलफल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट