PahiloPost

Sep 18, 2018 | २ असोज २०७५

बाजेको सेकुवामा शिलबन्दी : रोजगार गुमेको कर्मचारीको गुनासो


बाजेको सेकुवामा शिलबन्दी : रोजगार गुमेको कर्मचारीको गुनासो

काठमाडौं: सुन प्रकरणलाई लिएर प्रहरीले बाजेको सेकुवा कर्नरमा शिलवन्दी गरेपछि कर्मचारीहरु वेरोजगार भएको भन्दै सरकारको ध्यानआकर्षण गराएका छन्।

आइतवार दिउँसो अनामनगरमा रहेको सेकुवा कर्नर अगाडी भेला भएर उनीहरुले सरकारसँग रोजगारीको मागेका हुन्। कर्नरमा कार्यरत कर्मचारी सुधिर विक्रम सिंहले भने' शिलवन्दी गरेपछि हामी बेरोजगारी भएका छौं। हामो भविष्य सुनिश्चित गर्दिनुपर्‍यो। सम्वन्धित निकायले हाम्रो समस्या सुनिदिनुपर्‍यो।'

सेकुवा कर्नरका सञ्चालन चेतन भण्डारी सुन तस्करीमा संलग्न रहेको भन्दै उनले सञ्चालन गरेको सेकुवा कर्नरमा सिलबन्दी गरेको हो। काठमाडौंको १० वटा आउटलेटमध्ये ६ वटा सेकुवा कर्नरमा सिलबन्दी गरिएको छ।
 
बाजेको सेकुवाको काठमाडौँमा बत्तीसपुतली, अनामनगर, गोंगबु, लबिम मल लगायतका १० ठाउँमा आउटलेट छ। त्यसैगरी काठमाडौँ बाहिर पोखरा, चितवन र रुपन्देही तथा अमेरिकामा समेत यसको आउटलेट छ। बाजेको सेकुवामा २०० भन्दा बढी कर्मचारी कार्यरत थिए।

यसैबीच फास्टफुड एसोसिएसन नेपालले पनि अनुसन्धानको नाममा मजदूरको रोजिरोटी नै बन्द हुने गरी सिलबन्दी भएकोमा आपत्ति जनाएको छ। 



बाजेको सेकुवामा शिलबन्दी : रोजगार गुमेको कर्मचारीको गुनासो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट