PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गृहमन्त्री थापाको कार्यकाल ६ वर्ष, अर्थमन्त्री खतिवडाको २ वर्षमात्रै



गृहमन्त्री थापाको कार्यकाल ६ वर्ष, अर्थमन्त्री खतिवडाको २ वर्षमात्रै

काठमाडौं: राष्ट्रिय सभाका सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा ६ वर्ष रहने भएका छन्। आज चिट्ठा तानिँदा उनको कार्यकाल ६ वर्षको परेको हो।

यता अर्थमन्त्री डा युवराज खतिवडाको भने २ वर्षमात्र कार्यकाल निर्धारण भएको छ। महिला सदस्यहरुको कार्यकाल निर्धारण भइसकेको छ।

संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ। पहिलोपटक निर्वाचित भएका सदस्यको कार्यकालका दुई, चार र ६ वर्षको हुनेछ।

खतिवडा राष्ट्रपतिबाट मनोनीत तीन सदस्यमध्येका हुन्। रिक्त भएको स्थानमा जसरी पूर्ति भएको थियो, त्यसरी नै पूर्ति गर्ने प्रावधान छ। यसअनुसार खतिवडा पुनः सरकारको सिफारिशमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत हुने बाटो भने छ।  


कोमल वली र उपाध्यक्ष दाहालको कार्यकाल ४ - ४ वर्ष, राष्ट्रिय सभाका महिला सदस्यको कसको कति कार्यकाल?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell