PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यार्सागुम्वा टिप्न गएका युवाको हत्या



पहिलोपोस्ट

यार्सागुम्वा टिप्न गएका युवाको हत्या
प्रतिकात्मक फोटो

डोल्पाः हिमाली जिल्ला डोल्पाको यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ।

डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको थिए। मृतक मगर यार्सागुम्बा संकलनका लागि हरेक वर्ष यही यार्सा पाटनमा आउने गरेको बताइएको छ।

मृतकले यार्सागुम्बा बेचेर कमाएको रु ७०-७५ हजार नगदका लागि उनको हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद अनुसार मगरको हत्या कसरी भयो भन्नेबारे अनुसन्धान तीव्र रुपमा भइरहेको छ।

सञ्चारको कुनै पनि सुविधा नभएका कारण राति १ बजे प्रहरी चौकीमा जानकारी आएपछि तत्काल प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको डिएसपी शर्माले बताए।

उक्त घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने भएकाले घटनाका बारेमा थप जानकारी आउन समय लाग्ने छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell