PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

प्लेयर्स टु वाच : पानामाविरुद्ध बेल्जियम



प्लेयर्स टु वाच : पानामाविरुद्ध बेल्जियम

बेल्जियमले आज पहिलो पटक विश्वकपमा प्रवेश पाएको पानामाको सामना गर्दैछ। अनुभवी खेलाडी रहेको बेल्जियम नवप्रवेशी टिममा रहेको जोशबीच यी खेलाडीहरुको प्रदर्शनले खेलमा थप उत्साह थप्नेछ। 


 

एडन हाजार्ड (बेल्जियम)

बेल्जियम टोलीका एक सशक्त एट्याकिङ् र वाइड मिडफिल्डरका रुपमा रहेका एडन हाजार्डको गति र टेक्निकल खुबीहरुको धेरै प्रशंसा हुने गर्छ। उनलार्इ सुपर्ब पास्सका रुपमा सम्बोधन पनि गरिन्छ। उनले गरेको धेरै एसिस्टबाट बेल्जियमले सफलता पाएको छ। एडन हाजार्डका लागि चेल्सीमा यो सिजन त्यति राम्रो भएन। तर रसिया विश्वकपका लागी उनी पूर्ण रुपमा तयार छन्। बेल्जियम टोलीका थिबाउट कउटोरिसका अनुसार हाजार्ड हालसम्मकै राम्रो फ्रममा रहेका छन्। 

बेल्जियम टिमका कप्तान पनि रहेका हाजार्ड ८६ खेलमा सहभागी भइसकेका छन् भने आफ्नो टिमका लागि २२ गोल गरेका छन्। आज पानामासँगहुने पहिलो भिडन्तमा हाजार्डको नेतृत्वमा टिमले ल्याउने नतिजाले बेल्जियमको भावी खेलहरुमा प्रभाव पर्नेछ। 

रोमिलु लुकाकु (बेल्जियम)

२५ वर्षीय रोमिलु लुकाकु बेल्जियम फुटबल टिम र म्यानचेस्टर युनाइटेडका प्रभावशाली स्ट्राइकर हुन्। २३ वर्ष हुनुअघि प्रिमियर लिगमा ५० भन्दा बढी गोल गर्ने उनी ५ खेलाडीमध्ये एक हुन्। साथै प्रतियोगितामा १०० गोल गर्ने पाचौं युवा खेलाडी हुन। बेल्जियमबाट ६९ खेलमा उनले सर्वाधिक ३६ गोल गरेका छन्। एभर्टन,युनाइटेड लगायत विभिन्न क्लबहरुमा खेलेर उनले हालसम्म १७२ गोल गरिसकेका छन्। पानामासँगको खेलमा लुकाकुको प्रदर्शनमा सबैको नजर रहनेछ। 

रोमन टोर्रेस (पानामा)

पानामाका लागि डिफेन्डरको भूमिकामा रहने रोमन टोर्रेस पानामा फुटबल टिममा स्टार खेलाडी र कप्तान पनि हुन। ३२ वर्षीय टोर्रेसले पानामाका लागी १११ खेल खेलेका छन्। २०१७ मा विश्वकप २०१८ को अन्तिम क्वालिफाइङ खेलमा कोस्टारिकाविरुद्ध गोल गरी उनले पानामालार्इ पहिलो पटक विश्वकपमा पुर्‍याउन सफल भएका थिए। आजको खेलमा उनको कप्तानीमा बेल्जियम जस्तो अनुभवी टिमलार्इ पराजित गरे विश्वकपमा पानामाको सुखद् सुरुवात हुनेछ। 

ब्लास पेरेज (पानामा)

३७ वर्षका ब्लास पेरेज पानामा फुटबल टिम र ग्वाटेमालाको फुटबल क्लब म्युनिसिपलका स्टार फर्वाडर हुन। पानामाबाट ११८ खेलमा सर्वाधिक ४३ गोल गरेका पेरेज २००७ गोल्डकप मा वेस्ट ११ मा पर्न सफल पनि भएका थिए। कोपा अमेरिका र विभिन्न प्रतियोगिताहरुमा खेलेको अनुभव पेरेजले आज बेल्जियमसँगको खेलमा प्रस्तुत गरे पानामाले बेल्जियमलार्इ कडा टक्कर दिनेछ।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell