PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

यस्तो बनेर आयो 'भैरे'को ट्रेलर



पहिलोपोस्ट

यस्तो बनेर आयो 'भैरे'को ट्रेलर

काठमाडौं: फिल्म 'भैरे'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका अभिनेता दया हाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी र बुद्दी तामाङ देखिएका छन्।

नेपालय सिनेमा इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा कमेडी, एक्सन र रोमान्स समेटिएका छन्। एभरेस्ट सुर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले निर्माण गरेका हुन्।

आगामी साउन ४ को प्रदर्शन टार्गेट राखेको फिल्ममा कविराज गहतराज,बसन्त श्रेष्ठ, रामजी लामिछानेको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटा, यम बराल, अर्जुन पोखरेलको संगीत, सुर्य थोकरको एक्सन र वनिष शाहको सम्पादन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell