PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डा. उपेन्द्र देवकोटाको निधन, श्रद्धाञ्जलिका लागि दिउँसो १ बजेसम्म न्युरो अस्पतालमा पार्थिव शरीर राखिने



डा. उपेन्द्र देवकोटाको निधन, श्रद्धाञ्जलिका लागि दिउँसो १ बजेसम्म न्युरो अस्पतालमा पार्थिव शरीर राखिने
फाइल फोटो

काठमाडौँ : वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार निधन भएको छ। बाँसबारीस्थित न्युरो हस्पिटलले  विज्ञप्ति जारी गरी सोमबार साँझ ५ बजेर ३५ मिनेटमा उनको निधन भएको जानकारी दिएको छ। 

उनको जन्म सन् १९५४ को १९ डिसेम्बरमा गोरखाको पन्डित गाउँमा भएको थियो। 

डा. देवकोटाको पार्थिव शरीरलाई न्युरो अस्पतालको प्राङ्गणमा मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म राखिने र त्यसपछि पशुपति आर्यघाटमा लगिने अस्पतालले जानकारी दिएको छ। 

डा. देवकोटाकी पत्नी डा. मधु दीक्षित देवकोटा र तीन छोरीहरु मेधा, वसुधा र मन्जरीले अन्तिम संस्कार गर्नेछन्। 

हेपाली हाइटस्थित उनको निवासमा सात दिनसम्म अन्तिम संस्कारका परम्परागत कार्यहरु गरिने पनि अस्पतालले जनाएको छ। 

बेलायतमा पाँच महिना लामो उपचारपछि डा. देवकोटा  गत वैशाखमा नेपाल फर्केर बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका थिए। उनी आफैले पनि आफू धेरै समय नबाँच्ने कुरा सार्वजानिक गरिसकेका थिए।

उनले आफुलाई 'वाइल डक्ट' (पित्त थैली) क्यान्सर देखिएको कुरा सार्वजानिक गरेका थिए। चिकित्सकहरुका अनुसार 'वाइल डक्ट' अर्थात् निको नहुने क्यान्सर हो।  यो क्यान्सर लागेपछि मानिसको बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ। 

पित्त थैली वा पित्त नलीको क्यान्सर नराम्रो क्यान्सरको क्याटोगरीमा पर्ने क्यान्सर हो। यस्ता क्यान्सर विकसित देशका विरामीमा पनि ढिलो मात्र देखिन्छ। अर्थात् क्यान्सर लास्ट स्टेजमा आइपुग्दा मात्र थाहा हुने क्यान्सर हो— पित्त नलीको क्यान्सर।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell