PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बेल्जियमको विजयी सुरुवात, डेब्युटान्ट पानामाको पोष्टमा ३ गोल

बेल्जियमको विजयी सुरुवात, डेब्युटान्ट पानामाको पोष्टमा ३ गोल

पहिलोपोस्ट /पहिलोपोस्ट


रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले रसिया विश्वकपमा उत्कृष्ट सुरुवात गरेको छ।

समूह जी अन्तर्गत सोमबार भएको खेलमा बेल्जियमले डेब्युटान्ट पानामालाई ३-० गोल अन्तरले हरायो। पहिलो पटक विश्वकप खेलिरहेको पानामाले बेल्जियमलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि दोस्रो हाफमा बेल्जियमले ३ गोल गर्‍यो।

दोस्रो हाफको दोस्रो मिनेटमा ड्राइस मर्टेन्सले भलीमार्फत गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

 

पहिलो हाफमा खासै खेल देखाउन नसकेका स्ट्राइकर लुकाकुले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा २ गोल गरे। ६९औँ मिनेटमा लुकाकुले केभिन डे ब्रुएनाको पासमा व्यक्तिगत पहिलो गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे।

७५औँ मिनेटमा एडेन हाजार्डको पासमा लुकाकुले आफ्नो दोस्रो गोल गरेपछि बेल्जियमले ३-० को अग्रता बनाएको हो।

जितपछि बेल्जियमले समूह जी मा ३ अंक जोडेको छ। यसै समूहमा रहेका इंग्ल्याण्ड र ट्युनिसिया पनि आजै राती भिड्दैछन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell