PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यसरी हरायो इङल्यान्डले ट्युनिसियालाई, हेर्नुस् हाइलाइट्स भिडियो



यसरी हरायो इङल्यान्डले ट्युनिसियालाई, हेर्नुस् हाइलाइट्स भिडियो

इङ्ग्लिस टिमका क्याप्टेन ह्यारी केनको दुई गोलको मद्दतले इङ्ग्ल्यान्ड समूह 'जी' मा ट्युनिसियासित अङ्क बाँड्नबाट जोगिएको छ। 

सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको इङ्ग्ल्यान्ड फिनिसिङमा असफल भइरहँदा ११ औँ मिनेटमा ह्यारी केनको गोलले अग्रता कायम गर्न सफल भयो। 

तर मध्यान्तरको पाँच मिनेट अगाडि इङ्ग्लिस डिफेन्डर वाकरले पेनाल्टी बक्समा गरेको च्यालेन्जका कारण ट्युनिसियाले पेनाल्टी पायो। फेरिजानी सासीले बटम कर्नर च्यापेर हानेको पेनाल्टीलाई गोलकिपर पिकफोर्डले सही अनुमान त लगाएका थिए। तर उनले बल छेक्न भने सकेनन्। 

यो विश्वकपमा अफ्रिकी टिमको यो पहिलो गोल पनि थियो।

ठीक यस्तै खालको च्यालेन्ज ह्यारी केनलाई गरेवापत भने इङ्गल्यान्डले पेनाल्टी पाउन सकेन। 

मध्यान्तरपछि पनि इङग्ल्यान्ड गोल फर्काउन प्रयासरत रह्यो। तर सफलता पाउन भने सकेन। इङ्ग्ल्यान्डले १८ वटा सट खेर गएका थिए ती मध्ये ८ वटा अन टार्गेटमा थिए। 

खेल बराबरीतर्फ लम्किरहेको थियो। निर्धारित ९० मिनेटको समय सकिएर इन्जुरी टाइमको पहिलो मिनेट चलिरहेको थियो। इङ्ग्ल्यान्डले कर्नर पायो। ट्रिपियरले हानेको कर्नरलाई म्यागुएरले हेड गरी पोस्ट नजिकै उभिएका केनतर्फ पठाए जहाँ केनले क्लोज रेन्जबाट हेड गरी बललाई पोस्टमा छिराए। केन नजिकै कुनै ट्युनिसियन डिफेन्डर थिएनन्। मात्र गोलकिपर बेन मुस्तफा थिए। तर केनले हेडबाट जता बल पठाएका थिए, मुस्तफा त्यहाँसम्म पुग्न सम्भवै थिएन। 

खेलको १५ औँ मिनेटमा चोटका कारण ट्युनिसिया गोलकिपर हास्सेनको ठाउँमा मुस्तफा आएका थिए। 

यही गोल खेलको निर्णायक साबित भयो र समूह जीबाट तीन अङ्क प्राप्त गरी बेल्जियमसँगै रहन सफल भयो। 

यो जितसँगै इङ्ग्ल्यान्डले अहिलेसम्म अफ्रिकी टिमसँग नहारेको रेकर्ड कायम राखेको छ। 

हेर्नुस् भिडियो हाइलाइटस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell