PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

डा. देवकोटालाई श्रदाञ्जली दिन शुभेच्छुकको भीड, ‘शिरमा लगाइयो ढाका टोपी’



सागर बुढाथोकी

डा. देवकोटालाई श्रदाञ्जली दिन शुभेच्छुकको भीड, ‘शिरमा लगाइयो ढाका टोपी’

काठमाडौँः सोमबार निधन भएका वरिष्ठ न्युरो सर्जन डा‍. उपेन्द्र देवकोटालाई श्रदाञ्जली दिन आफन्त तथा शुभेच्छुकको भीड लागेको छ। बाँसबारीस्थित न्युरो अस्पताल प्राङ्गणमा बिहानैदेखि शुभेच्छुकको बाक्लो उपस्थिति रहेको छ। दिउँसो १ बजेसम्म श्रदाञ्जलीका लागि शव राखिनेछ।

स्वर्गीय देवकोटाको शिरमा ढाका टोपी लगाइएको छ।

यसैबीच श्रदाञ्जलीका लागि नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई न्युरो अस्पताल पुगेका छन्। भट्टराई देवकोटाका सहपाठी हुन्।

भट्टराईले देवकोटाको मृत्युले मुलुकलाई अपूरणीय क्षति पुगेको बताए। उनले आफू देवकोटाको साथी हुँ भन्न पाउँदा गर्वको अनुभूति हुने बताए।

नेकपाका नेता योगेश भट्टराई पनि श्रदाञ्जलीका लागि न्युरो अस्पताल पुगेका छन्। 

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि न्युरो अस्पताल पुगेर श्रदाञ्जली व्यक्त गरेका छन्। 

यस्तै सभामुख कृष्ण बहादुर महरा, प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेकपाका नेता बामदेव गौतम र नेतृ पम्फा भुसाल पनि न्युरो अस्पताल पुगेर श्रदाञ्जली दिएका छन्।

यस्तै महान्यायाधिवक्ता अग्नि खरेल, पूर्वसभामुख सुवास नेम्वाङ पनि न्युरो अस्पताल पुगेका छन्। 

डा. देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको न्युरो अस्पतालले जानकारी गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell