PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ सम्पन्न



पहिलोपोस्ट

तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ सम्पन्न

काठमाडौं : तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड २०१८ सम्पन्न भएको छ। संगीक्षा फिल्म्स् र ब्राईट भेन्चरद्वरा मलेशियाको क्वालालम्पुरमा आयोजित कारेयक्रममा ३० विधामा अवार्ड प्रदान गरिएको हो।

अवार्ड समारोहमा आधुनिक विधातर्फ सर्वोत्कृष्ट गायिकाको अवार्ड 'ताराबाजी'बाट जुना प्रसाईंले, 'तर्कीबाट' गायक नारायण धितालले पाए। त्यस्तै गीतकारमा 'मेरो प्राण तिमि नै'बाट होम न्यौपाने, आधुनिक संगीतकारमा 'पहिलो भेटैमा'बाट दीपक भट्टराई, सम्पादकमा तर्की निशान घिमिरे, छायाँकारdf सुदिप बराल, मोडेल पुरुषबाट दृश्य सुवेदी, मोडेल महिलामा वर्षा शिवाकोटी र निर्देशकमा 'पुर्णिमाको रात मेरो'बाट आदित्य बुढाथोकीले अवार्ड पाए।

यस्तै राष्ट्रिय भावना गीतमा शिवजी लामिछाने, नव गायनमा रविना थापाले अवार्ड पाए। पप गीततर्फ गीतकारमा नरेश भट्टराई, गायनमा अनिल सिंहले, मिङस लामाले अवार्ड जितेका छन्। पप गीत भिडियो तर्फ  छायाँकारमा 'दिलको भितैमा'बाट रामेश्वर कार्की, सम्पादकमा 'सेल्फी क्विन'बाट भरत रेग्मी, 'मोडेलमा जानी नजानी माया'बाट आँचल शर्मा, भिडियो निर्देशकमा निकेश खड्काले अवार्ड पाए।

लोक गीततर्फ गायन डिबी लोप्चन, अमृता लुन्गेली मगर, मोडलमा संजिव ठकुरी, सुष्मा अधिकारी, सम्पादकतर्फ मिलन बिक र छायाँकारमा बासु बराल र निर्देशकमा मिलन श्रेष्ठ रहेका छन्।

यस्तै लोक दोहोरी गीततर्फ प्रकाश कटवाल, उमा श्रेष्ठ, लयमामा नमराज ढुंगाना, शब्दमा लिला श्रेष्ठ, नव प्रतिभामा स्मृति गौतमले अवार्ड पाएका थिए।  

कार्यक्रममा दुई पत्रकार राजधानी दैनिकका डब्बु क्षत्री र फिल्मी खबर सप्ताहिकका शान्तिप्रियलाई पत्रकारिता सम्मान २०१८ बाट सम्मानित गरिएयो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell