PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

प्लेअस टु वाच : फेडर स्मोलोभ भर्सेस मो सालाह



पहिलोपोस्ट

प्लेअस टु वाच : फेडर स्मोलोभ भर्सेस मो सालाह

रसिया विश्वकप २०१८ अन्तर्गत आज रातीबाट समूह चरणको दोस्रो खेलहरु सुरु हुँदैछ।

समूह ए मा रहेको आयोजक रसियाले राती ११:४५ बजे इजिप्टसँग खेल्दैछ। पहिलो खेलमा साउदी अरेबलाई ५-० ले हराएको रसिया लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ।

उता उरुग्वेसँग हारेको पहिलो खेलमा खेल्न नपाएका इजिप्टका मोहम्मद सालाह रसिया विरुद्ध खेल्न तयार छन्।

 

मोहम्मद सालाह, इजिप्ट

२५ वर्षिय मोहम्मद सालाहले इजिप्टबाट ५६ खेलमा ३५ गोल गरेका छन्। लिभरपुलबाट व्यावसायीक फुटबल खेल्ने सालाह इजिप्ट फुटबल टोलीका सर्वाधिक गोलकर्ता हुन्। चेल्सी, रोमा, लिभरपुल लगायतका क्लबबाट खेलेर सालाहले १२१ गोल गरेका छन्। सालाहलार्इ युरोपको वेस्ट खेलाडीलार्इ प्रदान गरिने ओन्जे डीअर्जेन्ट उपाधीबाटपनि सम्मानित गरिएको थियो। प्रिमियर लिग सिजन २०१७-१८ का ३८ खेलमा उनले ३२ गोलगरी सर्वाधिक गोलकर्ता बनेका थिए। कुनै अफ्रिकी खेलाडीले प्रिमियर लिग सिजनमा सर्वाधिक गर्ने किर्तिमान पनि उनकै नाममा रहेको छ।

उरुग्वेसँगको पहिलो खेलमा पराजित हुँदा सालाह चोटका कारण मैदान बाहिर थिए। रसियासँगको खेलका लागी भने  उनी तयार रहेको इजिप्टका प्रशिक्षक हेक्टर कुपरले बताएका छन्। 

 

फेडर स्मोलोभ, रसिया

२८ वर्षिय फेडर स्मोलोभ रसियन फुटबल टोलीमा प्रमुख गोलकर्ता हुन्। फुटबलका लागी भन्दा स्मोलभलार्इ केही वर्षअघि मोडेल भिक्टोरिया लोपिइभासँगको सम्बन्धका लागी हाँसोको पात्र बनाएका हेडलाइन बनाइन्थयो। भिक्टोरियासँग सम्बन्ध अन्त्य भएपछि उनको खेलमा निकै सुधार आएकोछ। एफसी क्रासनोडरबाट स्ट्राइकरका रुपमा खेल्ने स्मोलभले रसियन टोलीका लागी ३३ खेलमा १२ गोल गरेका छन्।

रसियन प्रमियर लिगमा विभिन्न क्लबमा आबद्ध भर्इ उनले ७९ गोल गरेका छन्। २०१५-१६, २०१६-१७ मा उनी रसियन प्रमियर लिगका सर्वाधिक गोलकर्ता बनेका थिए। स्मोलभलार्इ २०१५-१६ को रसियन बर्ष फुटबलरको उपाधीबाट सम्मानित गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell