PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

उत्तर कोरिया र अमेरिका त मिलिसके, कांग्रेसमा किन यस्तो तिक्तता? : महामन्त्री शशांक



नेत्र तामाङ

उत्तर कोरिया र अमेरिका त मिलिसके, कांग्रेसमा किन यस्तो तिक्तता? : महामन्त्री शशांक

हेटौंडा : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेस अब मिलेर जानुको विकल्प नभएको बताएका छन्। आज मकवानपुरको हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले गुट उपगुटको फाइदा नरहेको बताएका हुन्।

कम्युनिस्टहरुमात्र हैन उत्तर कोरिया र अमेरकाजस्तोराष्ट्रसमेत मिलिसकेकाले कांग्रेसमा तिक्तता बोकेर बस्ने दिन गएको उनको धारणा थियो।

'वामपन्थीबीच एकता भएको छ। उत्तर कोरिया र अमेरिकाबीच एकता भइसकेको छ। हाम्रोबीचमा किन? यो तिक्तता अन्त्य हुनुपर्छ,' कोइरालाले भने। 

सम्पूर्ण राष्ट्रको ध्यान हेटौंडामा कांग्रेस जिल्ला सभापतिहरुकोमा भएको उल्लेख गर्दै कोइरालाले कांग्रेस एक नम्बरमा आउनका लागि जिल्ला सभापतिहरुको दायित्व भएको बताए। उनले भने, 'तपाईँहरुले कांग्रेसलाई एक बनाएर लैजानुपर्छ। आज एक आपसमा मेल नभइ कांग्रेसको भविष्य बन्न सक्दैन। यसमा सभापतिहरुको भूमिका रहन्छ। कांग्रेसले गरेका कामहरुलाइ पछ्याएर हामी बढ्नुपर्छ। राष्ट्र निर्माणमा हामी अघि बढ्नुपर्छ।'

कांग्रेसले मुलुकमा धेरै परिवर्तन ल्याए पनि जनतामाझ आफ्नो कुरा भन्न नसकेको र गुटउपगुटले यस्तो निर्वाचन परिणाम बिग्रेको भन्दै उनले नेताहरु मिल्नुपर्ने सुझाव दिए।

'हामी एक भएर लागेमा वामपन्थीहरु मिलेर पनि हराउन सक्दैन। जिल्ला सभापतिहरुले एक स्वरले भन्नसक्नुपर्छ नेपाली कांग्रेस अब एक हुनुपर्‍यो,' कोइरालाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell