PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भिएलएनका रामकुमार श्रेष्ठलाई १२ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत ललितपुरको आदेश



पहिलोपोस्ट

भिएलएनका रामकुमार श्रेष्ठलाई १२ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत ललितपुरको आदेश

काठमाडौं : भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठलाई जिल्ला अदालत ललितपुर १२ लाख रुपैयाँमा धरौटीमा छोड्न आदेश दिएको छ।

मंगलवार थुनछेक बहसपछि न्यायाधीश धनसिंह महराको एकल इजलासले धरौटीमा छोड्न आदेश दिएको अदालतका स्रेस्तेदार  चन्द्रप्रकाश तिवारीले बताए। अध्यक्ष श्रेष्ठविरुद्ध २ करोड ७५ लाख रुपैयाँ बिगो दाबीसहित अदालतमा ठगी मुद्दा दर्ता भएको थियो।

प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भीएलएन र जीएसजी कम्पनीमा छापा मारेको थियो। सो क्रममा प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा अध्यक्ष श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।

अध्यक्ष श्रेष्ठलाई जेठ ३० गते काठमाडौं जिल्ला अदालतले १० लाख रुपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो। अदालतमा श्रेष्ठ विरुद्ध ३ अर्ब बराबरको विगो सहित मुद्दा दर्ता भएको थियो। अदालबाट छुटे लगतै श्रेष्ठलाई ललितपुर प्रहरीले पक्राउ गरेको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell