PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देउवाको गुनासो : साथीहरुले कतिपय कुरा अतिरञ्जित तरिकाले उठाए



नेत्र तामाङ

देउवाको गुनासो : साथीहरुले कतिपय कुरा अतिरञ्जित तरिकाले उठाए

हेटौंडा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा केही कुरा स्वाभाविक भए कतिपय भने अतिरञ्जित ढंगले उठाएको आरोप लगाएका छन्।

आज हेटौंडामा सुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टी भित्र साथीहरुले असन्तुष्ट व्यक्त गरेको कुरा जानकारीमा रहेको उल्लेख गरे।

'पार्टी भित्र साथीहरूबाट केहि असतुष्टि अभिव्यक्त गरेका छन्। केही कुरालाई मैले स्वभाविक रूपमा लिएको छु, तर कतिपय कुरा अतिञ्जित र अशोभनीय ढंगले पनि उठ्ने गरेका छन्,' देउवाले भने।

लिखित मन्तव्य दिँदै सभापति देउवाले आफूले सरकारमा रहँदा गरेका कामहरुको विवरणसमेत पेश गरेका थिए।

देउवाले आफ्नो लागि राष्ट्र, लोकतन्त्र र कांग्रेसभन्दा प्रिय वस्तु अरु नरहेको स्पष्ट पार्दै कांग्रेसको पराजय र कम्युनिस्ट पार्टीहरूको एकीकरणले चुनौती थपिएको बताए। 

देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको योजनासमेत सुनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell