PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चर्को गर्मीमा कांग्रेस जिल्ला सभापतिहरुको भेला, महामन्त्री र कोषाध्यक्ष अनुपस्थित, हेर्नुस् फोटोमा

चर्को गर्मीमा कांग्रेस जिल्ला सभापतिहरुको भेला, महामन्त्री र कोषाध्यक्ष अनुपस्थित, हेर्नुस् फोटोमा

नेत्र तामाङ/पहिलोपोस्ट


हेटौंडा : नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौंथो सम्मेलन आजबाट मकवानपुरको हेटौंडामा शुरु भएको छ। हेटौंडाको कांग्रेसचोकस्थित पल्पसा हलमा पार्टीका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन्।

चर्को गर्मीमा शुरु भएको सभापतिहरुको भेलाका केही दृश्यहरु:

विरुवामा पानी छर्केर कार्यक्रम उदघाटन


कार्यक्रम वीपी कोइरालाको फोटोमा मल्यार्पण गरी सुरु भयो। सँगै दियो बाल्ने र विरुवमा पानी छर्के सभापति देउवाले। यसअघि कांग्रेसका कार्यक्रमा रुखमा पानी छर्केर कार्यक्रम उदघाटन विरलै हुने गर्थ्यो।

महामन्त्री र कोषाध्यक्ष अनुपस्थित


कार्यक्रममा हालै मनोनित महामन्त्री पूर्णबहादुर खड्का र कोषाध्यक्ष सीतादेवी यादव देखिएनन्। दुबैजना व्यक्तिगत कामका कारण कार्यक्रममा उपस्थित हुन नसकेको कार्यक्रम सञ्चालकक पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए।

सिटौला अटेनन् मञ्चमा


कांग्रेसका पूर्वमहामन्त्री र सभापतिका प्रत्यासीसमेत रहेका कृष्णप्रसाद सिटौला सभापतिहरुको भेलाका लागि बनाइएको मञ्चमा अटेनन्। सिटौला केन्द्रीय सदस्यहरुका लागि व्यवस्था गरिएको सिटमै बसे।

जिल्ला सभापतिले बोल्न पाएनन्


जिल्ला सभापतिहरुको भेलामा जिल्ला सभापतिहरुले नै आफ्नै भनाई राख्न नपाएको कतिपय सभापतिहरुले गुनासो गरिरहेका थिए। लोकतान्त्रिक पार्टी भएको र सभापतिहरुको भेलामै जिल्ला सभापतिले बोल्न नपाउनु निरंकुशता भएको उनीहरुको आरोप थियो। मकवानपुरका सभापति इन्द्र बानियाँले आयोजकको तर्फबाट सबैलाई स्वागत गरेका थिए।

केन्द्रीय सदस्यको सिटमा अरु नै बसेपछि


केन्द्रीय सदस्यको सिटपछि जिल्ला सभापतिहरुको सिट व्यवस्था गरिएको थियो। त्यसको ठिक पछाडि संघीय सांसद र प्रदेश सांसदलाई सिट व्यवस्था गरिएको थियो। केन्द्रीय सदस्यको सिटमा कार्यकर्ता बसेपछि जिल्ला सभापतिहरुले आपत्ति जनाए। केन्द्रीय सदस्यको सिटमा बसेका ती कार्यकर्तालाई हटाउन केही समय लागेको थियो।

नअटेकालाई हलबाहिर पालमा टिभिको व्यवस्था


पल्पसा हलमा नअटेका नेता तथा कार्यकर्ताका लागि बाहिर पालको व्यवस्था गरिएको थियो। बाहिर बस्नेका लागि दुईवटा टेलिभिजनबाट प्रसारण व्यवस्था मिलाइएको थियो।

नेकपाका जिल्ला सचिवालय सदस्य कांग्रेस प्रवेश


भेलामा नेकपाका जिल्ला सचिवालय नवराज सुवेदी कांग्रेस प्रवेश गरेका छन्। उनलाई सभापति देउवाले पार्टीमा स्वागत गरे।


ट्रेन्डिङ पोस्ट

Ncell