PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रिभ्यू : इरानविरुद्ध स्पष्ट जितको खोजीमा स्पेन



पहिलोपोस्ट

प्रिभ्यू : इरानविरुद्ध स्पष्ट जितको खोजीमा स्पेन
इरानका सरदार अजमन र स्पेनका डिएगो कोस्टा

आठ वर्षअघिको विश्व विजेता हो स्पेन। सन् २०१० मा पहिलो खेल हारेर पनि अन्त्यमा च्याम्पियन बन्न सफल स्पेन सन् २०१४ मा ब्राजिल विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो।

पुन: त्यस्तै नहोस् भन्ने चाहनासहित समूह बी को खेलमा इरान विरुद्ध मैदान उत्रँदा स्पेन स्पष्ट जितको खोजीमा हुनेछ।

किनभने पहिलो खेलमा स्पेन क्रिस्टियानो रोनाल्डोको पोर्चुगलसँग बराबरीमा रोकिएको थियो। उता खेलको अन्त्यतिर उपहार गोलको मद्दतमा मोरोक्को विरुद्ध ३ अंक जोडेको इरान समूहमा शीर्ष स्थानमा छ।

इरान र स्पेन आज राती ११:४५ मा कजान एरेनामा भिँड्दैछन्। यी दुर्इ टोली पहिलो पटक एकअर्का विरुद्ध फुटबल मैदानमा उत्रदैछन्। हाल समूह 'बी' मा रहेका टोलीमध्ये इरानले मात्र ३ अंक जोडेको छ। स्पेन र पोर्चुगलको एक-एक अंक रहेको छ। त्यसैले पनि आजको खेल अंकको हिसाबले महत्वपूर्ण रहेको छ।

इरानले समूहमा बलियो मानिएको स्पेनलाई पराजित गर्दै राउण्ड अफ १६ मा सहज प्रवेशको आशमा रहेको छ। विश्वकपमा आफ्नो विजय यात्रालार्इ कायम राख्न अजिज बउहाददोउज, करिम अनसारिफार्ड, सरदार अजमनले टिमलार्इ राम्रो गतिमा प्रदर्शन गर्न थप मिहिनेत गर्नुपर्नेछ।

यता स्पेनले पछिल्लो खेलमा पोर्चुगलसँग ३-३ को बराबरी खेलेपछि स्पेनलार्इ इरानसँगको खेल जित्नैपर्ने दबाब रहेको छ। २०१० मा विश्वकप जितेको स्पेन चारवर्षपछि समूह चरणबाट बाहिरिएको कारण फेरि त्यही क्षण दोहोराउने पक्षमा पक्कै छैन। रोनाल्डोले ह्याट्रिक हान्दा पुरै स्पेनिस टोली जितका लागि अन्तिम समयसम्म प्रयासरत थियो। आजको खेलमा पनि उच्च मनोबलका साथ स्पेनिस टोली मैदानमा उत्रदैछ। उनीहरुको मुख्य उद्देश्य भन्नु नै राउण्ड अफ १६ मा प्रवेश गर्नु हुनेछ। यसका लागी डियगो कोस्टा, डेभिड सिल्भा, आन्ड्रेज इनिस्टा लगायतको खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell