PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राजपाको महाधिवेशन वैशाखमा



पहिलोपोस्ट

राजपाको महाधिवेशन वैशाखमा

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तीन दिनसम्म चलेको राजनीतिक समितिको बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

वैशाख ७, ८ र ९ गते महाधिवेशनको मिति तोकिए पनि स्थान तोकिएको छैन।

पार्टीको विधानमा महाधिवेशन एक वर्षभित्र गर्ने भनिएको प्रावधानलाई संशोधन गरी सोही बमोजिम निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय भएको छ।

त्यसैगरी राजनीतिक समितिबाट आएको सुझाव समेटेर पार्टीको विधान संशोधन गर्न तीन सदस्यीय समिति पनि बनाइएको छ।

समितिमा लक्ष्मणलाल कर्ण, बृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्ला छन्। विधान संशोधनका विषयवस्तुहरु तयार भएको खण्डमा २१ गते पुनः राजनीतिक समितिको बैठक बस्ने उपाध्यक्ष बृषेशचन्द्र लालले बताए।

यसैगरी राजपाको संसदीय दलको विधान पनि राजनीतिक समितिबाट पारित भएको छ। विधान पारित भएसँगै असार ११ गते संसदीय दलको नेता चयन हुने सम्भावना रहेको छ।

सरकारमा सहभागी हुने विषयमा छलफल भए पनि यस विषयलाई अधिकांश नेताहरुले अस्वीकार गरेका छन्। निर्वाचित सांसदलाई अहिलेसम्म शपथ गराउन सक्ने अवस्थासमेत नबनेको दाबी गर्दै ओली सरकारले संविधान संशोधन नगर्ने निष्कर्ष राजपाले निकालेको छ। जसअनुसार तत्कालका लागि सरकारमा सहभागी हुने कुरा अस्वीकार गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell