PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसियन गेम्स र साफ च्याम्पियनसिपका लागि प्रशिक्षक कोजीले छाने ३३ खेलाडी



पहिलोपोस्ट

एसियन गेम्स र साफ च्याम्पियनसिपका लागि प्रशिक्षक कोजीले छाने ३३ खेलाडी

इन्डोनेसियामा हुने १८औँ एसियन गेम्स र बंगलादेशमा हुने सुजुकी साफ फुटबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै मुख्य प्रशिक्षक योतुकु कोजीले ३३ खेलाडी छनोट गरेका छन्। उनले सुरुमा प्रशिक्षणमा बोलाएइका ५० खेलाडीबाट ३३ खेलाडी छनोट गरेका हुन्।

अब यसबाट अन्तिम टोली तयार गरिनेछ।

एसियन गेम्स अन्तर्गत फुटबलमा यू-२३ टिमले प्रतिस्पर्धा गर्नेछन् जसमा ३ जना २३ वर्षमाथिका हुनेछन्। यस्तै साफ च्याम्पियनसिप राष्ट्रिय टिमले खेल्नेछ।

 

कोजीले छानेका ३३ खेलाडी।

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, एलान न्यौपाने, सोजित गुरुङ

डिफेण्डर : विराज महर्जन, अनन्त तामाङ, रविन श्रेष्ठ, आदित्य चौधरी, सुमन अर्याल, रवि शिलवाल, कमल श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, गौरव बुढाथोकी, मान बहादुर तामाङ, सन्तोष तामाङ

मिडफिल्डर : रोहित चन्द, विशाल राई, हेमन गुरुङ, हेमन्त थापा मगर, छिरिङ गुरुङ, अन्जल विष्ट, सुनिल वल, सुजल श्रेष्ठ, निराजन खड्का

फरवार्ड : विमल घर्ती मगर, भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सुमन लामा, अभिषेक रिजाल, तेज तामाङ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell