PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

इन्डोनेसियमा समुद्री जहाज डुब्दा १६६ जना वेपत्ता



इन्डोनेसियमा समुद्री जहाज डुब्दा १६६ जना वेपत्ता
Photo: Reuters

जाकार्ता: इन्डोनेसियाको सुमत्रा टापु स्थित सुमत्रा तालमा एक पानीजहाज डुब्दा १८० जना वेपत्ता भएका छन्। 

यात्रु बोक्ने अनुमति नभएको जहाजमा यात्रुहरू बोकेका कारण जहाजमा कातिजना सवार थिए भन्ने नखुलेको त्यहाँका अधिकारीहरूले जनाएका छन्। मंगलबार अधिकारीहरूले ९४ जना हराइरहेको जनाएको थियो। यात्रुको संख्या एकीन नभएका कारण वेपत्ता हुनेको संख्या समेत बढ्दै गएको छ। 

हालसम्म १८ यात्रुहरूको मात्र उद्धार गरिएको छ भने १ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। एसोसियट प्रेसका एक पत्रकारले बुधवार बिहान उद्धारकर्ताहरुले एक शवलार्इ एम्बुलेन्समा राखिरहेको देखेका थिए। 

५० यात्रु मात्र बोक्ने क्षमताको सो जहाजमा २०० जना भन्दा बढी मानिस तथा दर्जन बढी मोटरसाइकल समेत चढाइएको थियो। गार्डियनका अनुसार उद्धारका लागि ३०० बढी उद्धारकर्ता खटाइएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell