PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेस जिल्ला सभापतिहरुको बन्दसत्रमा देउवाको चर्को आलोचना



नेत्र तामाङ

कांग्रेस जिल्ला सभापतिहरुको बन्दसत्रमा देउवाको चर्को आलोचना

हेटौंडा: नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलाको दोस्रो दिन आज बन्दसत्र शुरु भएको छ। मकवानपुरको हेटौंडास्थित पल्पसा हलमा आज ११ बजेबाट शुरु भएको बन्दसत्रमा ३८ जना जिल्ला सभापतिले धारणा राखेपछि राति ८ बजेसम्म चलेको बन्दसत्र भोलि बिहान बस्नेगरी बन्दसत्र स्थगित गरिएको छ।

बन्दसत्रमा अधिकांश सभापतिहरुले पार्टी नेतृत्व निरंकुश बन्दै गएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन्। समयमै पार्टीको विधान संशोधन नगरेको भन्दै जिल्ला सभापतिहरुले देउवाको आलोचना गरेका हुन्। 

देश संघीयता अनुसार चल्न थालिसके पनि कांग्रेस भने पुरानै संरचनामा चलेको उनीहरुको आरोप थियो। त्यसैगरी महासमितिको मिति चाँडो तोक्न पनि जिल्ला सभापतिहरुले माग गरेका छन्।

आजकाको बन्दसत्रमा लमजुङ, ईलाम, चितवन, दोलखा, रामेछाप, बाग्लुङ, तेह्रथुम, रुकुम, कास्की, कालिकोट, बाजुरा, भोजपुर, नवलपुर/नवलपरासी, सिन्धुपाल्चोक, पर्वत, सुर्खेत, सर्लाही, रुपन्देही, नुवाकोट, पाल्पा, दाङ, उदयपुर, सोलुखुम्बु, कञ्चनपुर, कैलाली, दार्चुला, धनकुटा, खोटाङ, ताप्लेजुङ, सप्तरी, गोरखा, स्याङजा, बर्दिया, सुनसरी, धादिङ, पाँचथर, म्याग्दी र ललितपुरका जिल्ला सभापतिले आफ्नो भनाई राखेका छन्। 

आज धारणा राख्ने अधिकांश जिल्ला सभापतिहरु वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका हुन्। बाँकी सभापतिहरुले भोलि ९ बजेबाट आफ्नो धारणा राख्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell