PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ललित स्मृति यू-१८ फुटबल : मनाङको पहिलो जित, क्वाटरफाइनल सम्भावना कायमै



पहिलोपोस्ट

ललित स्मृति यू-१८ फुटबल : मनाङको पहिलो जित, क्वाटरफाइनल सम्भावना कायमै

मनाङ मर्स्याङ्दी क्लबले तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवार भएको खेलमा हिमालयन शेर्पामाथि ३-० को जित हात पार्दै मनाङले क्वाटरफाइनल पुग्ने सम्भावना समेत कायम राखेको छ।

मनाङलाई पहिलो जित दिलाउन विश्व लामाले ह्याट्रिक गरे। यस्तै थ्री स्टारले फ्रेण्ड्ससँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। समूहमा सबै खेल खेलेको थ्री स्टारको ५ अंक छ तर फ्रेण्ड्स (५), शेर्पा (४), फारवेष्ट (४) र मनाङ (३) सबैले एक खेल खेल्न बाँकी रहेको हुँदा थ्री स्टार समूह चरणबाटै बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell