PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मेसीले सर्वकालिन महान बन्न विश्वकप जित्नु आवश्यक छैन : क्रेस्पो



पहिलोपोस्ट

मेसीले सर्वकालिन महान बन्न विश्वकप जित्नु आवश्यक छैन : क्रेस्पो

अर्जेन्टिनाका पूर्व स्ट्राइकर हर्नान क्रेस्पोले अर्जेन्टिनी फरवार्ड लियोनल मेसीलाई सर्वकालीन महान खेलाडी बन्न विश्वकप जित्नु आवश्यक नभएको बताएका छन्।

३० वर्षीय मेसीले आइसल्याण्ड विरुद्धको पहिलो खेलमा आफ्नो पेनाल्टी मिस गरेका थिए। मेसीले १४ सिजन बार्सिलोनाका रहँदा ३२ उपाधि र पाँच पटक फिफा बालोन डे’ओर जितेका छन्। तर, अहिलेसम्म विश्वकप जित्न सकेका छैनन्।

‘धेरै खेलाडीहरु अहिलेपनि हाम्रो स्मृतिमा छन्, जसले विश्वकप जित्न सकेनन्,’ बीबीसीसँगको कुराकानीमा क्रेस्पोले भने।

‘मेसी फ्यानटास्टिक प्लेअर हुन्। म उसको खेल हेर्न निक्कै मन पराउँछु र उ उत्कृष्ट व्यक्ति हो। उसले विश्वकपको उपाधि जित्ने हक राख्छ।’ ‘यदी उसले जिते उ महान खेलाडी हुन्। यदि उसले विश्वकप जित्यो भने अवश्य उनी महान खेलाडी हुन्। तर, उसले जितेनन् भने पनि उ अझै पनि महान खेलाडी नै हो।

‘कति त्यस्ता महान खेलाडीले विश्वकप जित्न सकेका छैनन्? मलाई सम्झना छैन, योहान क्रुफ कि मिचेल प्लाटिनी।’ क्रेस्पोले भने।

सन् २०१८ को रसिया विश्वकप मेसीको लागि चौथो हो। सन् २००६ र २०१० मा क्वाटरफाइनलसम्म पुगेको अर्जेन्टिना २०१४ को फाइनलमा जर्मनीसँग पराजित भएको थियो। जहाँ मेसी सर्बोत्कृष्ट खेलाडीको रुपमा गोल्डेन बल जितेका थिए।

६४ खेलमा ३५ गोल गर्दै अर्जेन्टिनाका तेस्रो सर्वाधिक गोलकर्ता रहेका क्रेस्पोले भनेका छन्, राष्ट्रिय टिमसँग मेसीको सफलतालाई मैदान बाहिरको परिस्थितिले निर्धारण गरेको छ।

‘हामीले उसलाई आवश्यक सहयोग गर्न सकेका छैनौं, मेरो मतलत प्रशिक्षक, अर्जेन्टिना फुटबल फेडेरेसनको प्रेसिडेन्ट, आदि।’ उनले भने।

‘यो एकदमै दयनिय छ किनकी उनी विश्वकै महत्वपूर्ण खेलाडी हुन् र हामीले उसलाई सहयोग गरेनौँ। उ धेरै गर्न चाहन्छ। उसले पनि सम्भवत त्यो अनुभव गरेको हुनुपर्छ।’

‘बार्सिलोनामा जित्नु प्राकृतिक जस्तै छ तर अर्जेन्टिनामा हामी अभागी भइरहेका छौँ।’

‘उनी इतिहासकै एक महान हुन्। यदी तपाई फुटबल मन पराउनुहुन्छ भने तपाई मेसीलाई हेर्न मन पराउनुहुन्छ।’

आइसल्याण्डसँगको ड्र पछि अर्जेन्टाइन लेजेण्ड डिएगो म्याराडोनाले प्रशिक्षक जोर्स साम्पोलीको आलोचना गरेका थिए।

यस्तै अर्जेन्टिनाका पूर्व फरवार्ड क्लाउडियो कानिजियाले पनि मेसीप्रति सहानुभुति राख्दै उनले टिमबाट सपोर्ट नपाएको बताएका छन्।

‘मेसीले म्याराडोना जस्तो टिमबाट सपोर्ट पाएका छैनन्’ कानिजियाले भने। ‘तपाईले सबै दायित्व मेसीलाई मात्र दिन सक्नुहुन्न किनकी त्यसपछि तपाई त्यहाँ रहनुभएको के अर्थ?’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell