PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डिएगो कोस्टाको गोलमा इरानविरुद्ध स्पेनको कठिन जित



पहिलोपोस्ट

डिएगो कोस्टाको गोलमा इरानविरुद्ध स्पेनको कठिन जित

डिएगो कोस्टाले ५४ औं मिनेटमा गरेको गोल निर्णायक हुँदा विश्वकप २०१८ को समूह बी मा रहेको इरानले हार बेहोर्न परेको छ। योसँगै अंक तालिकमा स्पेन पहिलो र पोर्चुगल दोस्रो स्थान बनाउन सफल भएका छन्। इरानका लागि शीर्ष १६ मा स्थान बनाउन थप  कठिन भएको छ।

युरोपेली प्रतिस्पर्धीसँग इरानले विश्वकपका चरणमा खेलेको ७ खेलमा छैटौं हार समेत हो यो। स्पेन १, इरान शून्य परिणाम आउँदा भएका २० म्याचमा एउटै पनि परिणाम ०-० मा टुंगिएको छैन। सन् १९५४ यताको यो नयाँ रेकर्डसमेत हो।

कडा प्रतिस्पर्धा भएको खेलमा स्पेनको अट्याकलाई इरानको डिफेन्सले हम्मेहम्मे पारेको थियो। 

खेलको सुरुदेखि नै स्पेन हावी हुँदै आएको थियो। बलमा ८०.२ प्रतिशत समय नियन्त्रण कायम राखे पनि स्पेनलाई ३७ मिनेटसम्म एकपटक मात्र टार्गेटमा सट हान्न सक्यो भलै त्यो गोलमा परिणत हुन सकेन। 

स्पेनी स्ट्राइकर कोस्टाले ५४ मिनेटमा गोल गरे। यो उनको प्रतियोगितामा तेस्रो गोलसमेत हो।  इरानका साइदले ६२औँ मिनेटमा गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता नदिँदा इरान बराबरी गर्नबाच बन्चित भको थियो।

खेलको ७९ मिनेटमा इरानी मिडफिल्डर अमिरीले पहेलो कार्ड पाए। अमिद इब्राहिमीले इन्जुरी टाइममा पहेलो कार्ड पाए। खेल १-० मा टुंगिँदा प्रतियोगिताको नवौं समान जित हुन पुगेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell