PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रिभ्यू : फ्रान्स भर्सेस पेरु



पहिलोपोस्ट

प्रिभ्यू : फ्रान्स भर्सेस पेरु

रसिया विश्वकप अन्तर्गत आज राती ८:४५ बजे समूह 'सी'मा रहेको फ्रान्सले पेरुसँग खेल्दैछ।

दुबै टोली समूह चरणबाट राउण्ड अफ १६ मा पुग्न आज रसियाको इकाटेरिनबर्ग एरिनामा जितका लागी भिड्दैछन्।

सन् १९८२ पछि पहिलो पटक फ्रान्स र पेरु एकअर्का विरुद्ध भिड्न लागेका हुन्। उक्त मैत्रीपूर्ण खेलमा पेरुले फ्रान्सलार्इ १-० ले पराजित गरेको थियो। फ्रान्सले समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालार्इ २-१ ले पराजित गरेको थियो। पेरु भने डेनमार्कसँग पराजित भएको थियो।

राउण्ड अफ १६ मा सहजै पुग्नका लागी फ्रान्सले आजको खेल जित्नै पर्ने हुन्छ। भने विश्वकपमा आफ्नो सम्भावना कायम राख्न पेरुले समूहकै बलियो राष्ट्रलार्इ पराजित वा बराबरीमा रोक्न सक्नु पर्नेछ।

१९८२ पछि रसिया विश्वकपमा छनौट भएको पेरु आफ्नो विश्वकप यात्रा यति सजिलै ट‌‌ुंग्याउन चाहदैन। विश्वकपका १५ खेलमा पेरुले ४ खेलमा मात्र विजय पाएको छ। पाउलो गुइरेरो, जेफरसन फर्हान जस्ता गोलकर्ताको भरमा आज पेरुले फ्रान्सको अनुभवि टोलीलार्इ जित्नैपर्ने दबाबमा हुनेछ। पछिल्लो ५ विश्वकप खेलमा पेरुले कुनै पनि युरोपियन राष्ट्रलार्इ पराजित गर्न सकेको छैन।

२०१४ मा क्वाटरफाइनलसम्म पुगेको फ्रान्स विश्वकपमा आफ्नो विजय यात्रा कायम १९८२ मा भोगेको पराजयको बदला लिने होडमा हुनेछ। आजको खेलमा अर्को ३ अंक प्राप्त गरी फ्रान्स विश्वकप उपाधीको दाबेदारी प्रस्तुत गर्ने विषयमा चुक्न चाहदैन।

दक्षिण अमेरिकी राष्ट्रसँग फ्रान्सको अनुभव सुखद रहेको छ। अर्जेन्टिनासँग १९७८ मा पराजित भएयता फ्रान्स कुनै दक्षिण अमेरिकी राष्ट्रसँग पराजित भएको छैन।

एन्टोनि ग्रीजम्यानले फ्रान्सका पछिल्ला ९ खेलमा ७ गोल गरी विश्वकप र युरोपियन च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेका छन्। फ्रान्सका गोलकिपर हुगो लोरिस पेरुविरुद्ध मैदानमा खेले उनी फ्रान्सबाट सयौं खेल खेल्ने खेलाडी बन्नेछन्। फ्रान्सका पउल पोग्बा, केलिन एमबापे जस्ता युवा खेलाडीमाथि सबैको नजर रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell