PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एकै वर्ष युरोपियन च्याम्पियन्स लिग र विश्वकप जित्ने खेलाडीहरु



पहिलोपोस्ट

एकै वर्ष युरोपियन च्याम्पियन्स लिग र विश्वकप जित्ने खेलाडीहरु

रसियामा जारी विश्वकपमा समूह चरणका खेलहरु हुँदैछन्। विश्व नै अहिले फुटबलमय भएको छ। ३२ राष्ट्र विश्वकप उपाधी जित्ने होडमा छन्। केही महिनाअघि रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलमाथि विजय हासिल गर्‍यो। यसैसँग रियल मड्रिड युइफा च्याम्पियन्स लिगको उपाधी लगातार तेस्रो पटक जित्ने पहिलो क्लब बन्यो। उक्त टोलीमा रहेका केही खेलाडीहरुले विश्वकपमा आफ्नो राष्ट्रको तर्फबाट महत्वपूर्ण भूमिका निभाउँदै छन्। उनीहरु केही महिनाको अन्तरालमा दोस्रो उपाधी जित्न प्रयत्नशील छन्।

यसअघि विश्वकप र च्याम्पियन्स लिग एकै वर्ष जित्ने खेलाडीहरु यसप्रकार छन्।

 

१.  सामी खेडिरा (२०१४ - रियल मड्रिड र जर्मनी)

सामी खेडिरामात्र अहिलेका एक यस्ता सक्रिय खेलाडी हुन् जसले रियल मड्रिडसँगको करियरमा यस्तो उपलब्धी हासिल गरेका छन्। खेडिरा २०१४ मा च्याम्पियनस लिग जित्ने टोलीका सदस्य थिए। उक्त खेलमा बर्नाबेउ साइडले आफ्नै शहरको एट्लेटिको मड्रिडलार्इ पराजित गरेर युसिएल उपाधी १० पटक जितेर रेकर्ड बनाएको थियो। 

त्यसको एक महिनापछि २०१४ को विश्वकप फाइनलमा अर्जेन्टिलार्इ पराजित गरी जर्मनका खेडिराले विश्वकप उपाधी चुमेका थिए। सो खेलमा मारियो गोटेजले एक्स्ट्रा समयमा गोल गरी जर्मनीलार्इ विश्वकप विजेता बनाएका थिए। यसबाट सामी खेडिरा एक महिनाको अन्तरालमा दुर्इ उपाधी उचाल्ने खेलाडी बन्न सफल भए।


२. रोबर्टो कार्लोस (२००२- रियल मड्रिड र ब्राजिल)

सन् २००२ रियल मड्रिड र ब्राजिलका फुटबल प्रेमीहरुका लागी केही विशेष रह्यो। रोबर्टो कार्लोस मात्र एक त्यस्ता खेलाडी बने जसले युसिएल र विश्वकप उपाधीमाथि विजय प्राप्त गरे। कार्लोसले रियल मड्रिडको च्याम्पियनस लिगको उपाधी दौडमा प्रभावशाली प्रदर्शन गरेका थिए। उनले च्याम्पियन्स लिगको फाइनलमा जिनेदिन जिदानलार्इ गोल गर्न एसिस्ट गरेका थिए। जुन गोललार्इ च्याम्पियनस लिगकै उत्कृष्ट गोलमध्ये एक मानिएको छ।

३० जुन, २००२ मा जर्मनीमाथि ब्राजिलले विजय हासिल गरी पाचौं पटक विश्वकप जित्ने पहिलो राष्ट्र बन्यो। लेफ्ट ब्याक कार्लोसले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले समूह चरणमा चीन विरुद्ध क्लासिक रोबर्टो कार्लोस फ्रि किक प्रहार गरेका थिए।


३. क्रिस्टियन करेम्बेउ (१९९८- रियल मड्रिड र फ्रान्स)

करेम्बेउले रियल मड्रिडसँगको ३ सिजनमा खेलाडीका रुपमा भन्दा पनि उपाधि जित्न सफल भएकाले सफलता हासिल गरे। बर्नाबेउ साइडसँग मिडफिल्डर करेम्बेउले दुर्इ च्याम्पियनस लिग (१९९७-९८ र १९९९-२०००) उपाधी जितेका छन्। फ्रेन्च मिडफिल्डरले रियल मड्रिडका लागि ५२ खेल खेलेर एक गोल मात्र गरेका थिए। 

फ्रान्सले ब्राजिललार्इ १९९८ विश्वकपमा पराजित गरेपछि १९९७-९८ सिजन करेम्बेउका लागि राम्रोबाट उत्कृष्ट बन्यो। युसिएल र विश्वकप उपाधीमाथि एकै वर्षमा विजय गर्ने खेलाडी बन्न करेम्बेउ सफल भए। समूह चरणमा एक खेलमात्र खेलेमा उनी प्लेअफमा लगातार खेलेका थिए। १० वर्षे भन्दा बढिको समयमा लेस ब्लुका लागी करेम्बेउले ५३ खेलमात्र खेलेका थिए। तर पनि उनी १९९८ विश्वकप, युरो २००० र २००१ को कन्फेडेरेसन कपमाथि विजय हासिल गर्ने टोलीमा पर्न सफल भएका थिए।

४. सेप माएर, फ्रान्ज बेकेनबाउर, हयान्स जर्ज स्वारजेनबेक, गर्ड मुलर, उली होइनेब (१९७४-बायर्न म्युनिक र पश्चिम जर्मनी)

बेकेनबाउर, माएर, मुलर लगायतका चर्चित खेलाडीहरु सम्मिलित बायर्न म्युनिकको टोलीले १९७४ मा च्याम्पियन्स लिग भनेर चिनिने युरोपियन कप जितेर युरोपको मन जितेको थियो। पश्चिम जर्मनी र बायर्न म्युनिखका किपर हुन्। बायर्नसँग युरोपियन कप जिताएका हयान्स जर्ज स्वारजेनबेक, गर्ड मुलर, उली होइनेब पश्चिम जर्मनीले विश्वकप जित्ने टोलीको प्रमुख हिस्सा थिए। पश्चिम जर्मनीले नेदरल्यान्ड्सलार्इ फाइनलमा २-१ ले पराजित गर्दै दोस्रो पटक विश्वकप जितेको थियो। सो जितपछि ती चार खेलाडीहरु च्याम्पियनस लिग र विश्वकप जित्ने खेलाडीहरु बनेका थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell