PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यस्तो छ, 'रोमियो एण्ड मुना'को ट्रेलर



पहिलोपोस्ट

यस्तो छ, 'रोमियो एण्ड मुना'को ट्रेलर

काठमाडौं : फिल्म 'रोमियो एण्ड मुना'को ट्रेलर सार्वजनिक भएको छ। यसअघि निर्माण टिमले फिल्मको टिजर र केही पोस्टर सार्वजनिक गरेका थिए।

ट्रेलरमा रोमियो एण्ड मुनाको प्रेमलाई देखाइएको छ। निर्माण टिमले प्रदर्शन मिति नजिकिंदै जाँदा प्रचारमा तिव्रता दिएको हो। फिल्म साउन ११ गतेदेखि प्रदर्शन हुनेछ। फिल्ममा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ।

फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेको हो। निर्देशक केसीले फिल्ममा राक्षस पात्रलाई एउटा बिम्वको रुपमा प्रस्तुत गरिएको बताए।फिल्ममा विनय र सृष्टिसँगै सुष्मा कार्की, सुरक्षा भट्टराई, प्रज्जवल सुजल गिरी लगायतको अभिनय छ।

भि मोसन पिक्चर्स, पिएमजी पिक्चर्स र केएस प्रोडक्सनको प्रस्तुती रहेको रोमियो एण्ड मुनालाई विनय, प्रशन्न गोपाली, राम शर्मा र कविन शाक्यले मिलेर बनाएका हुन्।

निर्देशक केसी डाइङ क्याण्डल निर्देशक हुन्।  

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell