PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आतंकवादीले नेपालमा 'इन्फ्रासोनिक साउन्ड हतियार' भित्र्याएको भन्दै उजुरी



पहिलोपोस्ट

आतंकवादीले नेपालमा 'इन्फ्रासोनिक साउन्ड हतियार' भित्र्याएको भन्दै उजुरी

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंमा एक युवकले बुधवार दिउँसो फरक प्रकृतिको उजुरी दिएका छन्। 

तनहुँ व्यास नगरपालिका स्थायी घरभइ केही वर्षयता कीर्तिपुर बस्दै आएका ४१ वर्षीय समिर बस्नेत (नाम परिवर्तन)ले आतंवादी समूहले नेपालमा 'इन्फ्रासोनिक साउन्ड हतियार' प्रयोग गरिररहेको भन्दै नियन्त्रणको लागि उजुरी दिएका हुन्। 

'दश वर्षदेखि सोनिक हतियार प्रयोग गरेर शरीर, दिमाग सबै नियन्त्रणमा लिएको छ। मेरो आँखाले देख्ने तथा कानले सुन्ने देखि परिवारलाई समेत नियन्त्रणमा लिएको प्रमाण छ,' बस्नेतले दिएको उजुरीमा भनिएको छ।

उनले हतियारको प्रयोग गरी आफूलाई नियन्त्रण गराई अन्य गतिविधिमा लगाउने गरेको प्रहरीमा जानकारी दिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। 

डिएसपी थापाले भने, 'उजुरी परेको छ। के हो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौं।'


के हो 'इन्फ्रासोनिक साउन्ड हतियार' ?
सोनिक एक प्रकारको साउन्ड हतियार हो। यस्तो हतियार विदेशमा सैनिक र पुलिसहरुले अनुसन्धानको क्रममा प्रयोग गर्ने गरेको पाइन्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell