PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सुन तस्करीमा फरार ४ जनाविरुद्ध रेड कर्नर नोटिस, उनीहरुको खोजीमा १९२ देशका प्रहरी जोडिने



सविन ढकाल

सुन तस्करीमा फरार ४ जनाविरुद्ध रेड कर्नर नोटिस, उनीहरुको खोजीमा १९२ देशका प्रहरी जोडिने

काठमाडौं : सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका चार जनाविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको नोटिसमा प्रहरी संगठनले चार जना विरुद्ध रेड कर्नर जारी गरेको हो।

सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध रेड कर्नर नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले बताए।

चारै जनाविरुद्ध गत सोमवार नोटिस जारी भएको हो। अब १ सय ९२ वटा देशका प्रहरी उनीहरुको खोजी गर्नेछन्। प्रहरीले यसअघि नै अग्रवाल र उप्रेतीको हकमा भने डिफ्युजन नोटिस जारी गरिसकेको छ।

काठमाडौंमा रहेको अग्रवालको घरमा समितिले जेठ २५ छापा मारी ३० लाख रुपैयाँ नगदसहित सुनचाँदी तथा महत्वपूर्ण कागजपत्रसमेत बरामद गरेको थियो।

प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि एसएसपी श्याम खत्री अदालतमा आत्मसमर्पण गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell