PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उद्योगी सञ्जय अग्रवाल 'मरिच' काण्डमा समातिए



पहिलोपोस्ट

वीरगंज : वीरगंजका उद्योगी सञ्जय अग्रवाललाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ। विभागका अनुसन्धान निर्देशक धुव्र पोखरेलले प्रारम्भीक अनुसन्धानबाट दोषी ठहरिएको बताए। मरिच ‘वारपार’को खेलमा सक्रिय रहेको भन्दै अग्रवाल पक्राउ परेका हुन्।  

‘हिजो साँझ कार्यालय समयपछि ३ करोड ७५ लाख ८० हजार धरौटी माग्यौं,’पोखरेलले भने, ‘धरौटी बुझाउन नबुझाएपछि उनलाई हिरासतमा लिइ नख्खु जेल पठाएका छौं।’

उनको संलग्नता बारे थप अनुसन्धान भइरहेको छ। जेठ २१ गते राती भारतीय गाडीमा १२ टन २ सय किलो मरिच ईनर्वा प्रहरीले नियन्त्रणमा लिएको थियो।

कानपुरबाट आलु लिएर वीरगंजमा अनलोड गरी युपी ७८ बिटी ३८०४ नं को भारतीय ट्रकमा बाइपासको एक गोदामबाट जुटको बोरामा मरिचको बोरा लोड गरिएको चालक धर्मेन्द्र कुमारले बयान दिएका थिए।

विभागको टोलीले तीन दिनअघि वीरगंजको दुई वटा फर्ममा छापामारी गरी कागजात नियन्त्रणमा लिएको थियो। विभागले अग्रवालको ग्लोबल लेदर ट्रेडिङ प्रालि र उनका भाइ अनिल पाटवारीको साम इन्टरनेसनल प्रालिमा छापा मारेको थियो।

सञ्जयका कान्छा भाइ तथा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल भियतनामबाट ठूलो परिमाणमा मरिच आयात गरी दाइको छालाको गाडीमा भारत तस्करी गर्दै आएको रहस्य खुलेलगत्तै पक्राउ गरिएको हो। 

अग्रवालले दुई वटा भारतीय गाडीमा २५ टन छाला कानपुरको एक कम्पनीलाई पठाएको प्रज्ञापन पत्र तयार गरेका थिए जस मध्ये एउटामा मरिच फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell