PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बौद्धमा गोली चल्यो, लुटेरा माथि दुई राउण्ड गोली प्रहार



पहिलोपोस्ट

बौद्धमा गोली चल्यो, लुटेरा माथि दुई राउण्ड गोली प्रहार

काठमाडौं : बौद्धस्थित जम्बु डाँडा नजिकै गोली चलेको छ। लुटेरा अमर तामाङलाई नियन्त्रण लिन प्रहरीले दुई राउन्ड गोली चलाएको महानगरीय अपराध अनुसन्धान महाशाखा एसएसपी धिरजप्रताप सिंहले बताए। 

घटनास्थलबाट प्रहरीले दुई राउण्ड गोली र पेस्तोल बरामद गरेको छ।

गत जेठ २४ र २८ गते अमर तामाङ राजधानीका विभिन्न स्थानमा पेस्तोल देखाई रकम लुटेर फरार भएका थिए।

ताप्लेजुङ घर भएका २४ वर्षीय विरेन तामाङलाई मुलपानीको जंगलमा बोलाएर हतियार देखाइ १९ लाख ६० हजार रुपैयाँ लुटेको प्रहरीको दावी छ।

गत जेठ २८ गते तामाङ समुहले भक्तपुरको सूर्यविनायक जंगलमा स्याङजाका राज भण्डारीलाई पनि लुटेका थिए। उनको साथबाट ८ लाख रुपैयाँ लुटिएको एसएसपी सिंहले जानकारी दिए।

खुट्टामा दुई गोली लागेको छ। ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ। तामाङले यसअघि पनि डाँका मुद्दामा दुई वर्ष जेल सजाय भुक्तान गरिसकेका छन्। 

१ हजार २ सय अमेरिकी डलर पनि घटनास्थलबाट प्रहरीले जफत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell