PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ललित स्मृति यू-१८ फुटबल : आर्मीको जितमा दिनेश र दिपेशको ह्याट्रिक, लुम्बिनी क्वाटरफाइनलमा



पहिलोपोस्ट

ललित स्मृति यू-१८ फुटबल : आर्मीको जितमा दिनेश र दिपेशको ह्याट्रिक, लुम्बिनी क्वाटरफाइनलमा

कप्तान दिनेश हेन्जन र दिपेश आले ह्याट्रिक गरेपछि ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको अन्तिम लिग खेलमा त्रिभुवन बर्मीले मछिन्द्र क्लबलाई ८-२ ले पराजित गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीका लागि दिनेशले खेलको सातौँ, २५औँ र ३०औँ मिनेटमा गोल गरे भने दिपेशले ३९औँ, ६०औँ र ९०औँ मिनेटमा गोल गरे।

यस्तै आर्मीका सुशिल श्रेष्ठले एक गोल गर्दा मछिन्द्रका अभिनास मल्लले एक आत्मघाती गोल उपहार दिए। मछिन्द्रका लागि शरद राई र पुकार खड्काले एक-एक गोल गरे।

समूह चरणको सबै चार खेल जितेको आर्मी १२ अंक जोड्दै समूह ए को विजेताको रुपमा क्वाटरफाइनल पुगेको छ। यस्तै यसै समूहमा सरस्वती युथ क्लबलाई २-० ले पराजित गरेको लुम्बिनी एफसी पनि ७ अंक जोड्दै क्वाटरफाइनल पुगेको छ। लुम्बिनीको जितमा प्रिन्स गुरुङ र अमृत गुरुङले एक-एक गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell