PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

अर्जेन्टिना क्रोएसियासँग ३-० ले पराजित, क्रोएसिया अन्तिम १६ मा

अर्जेन्टिना क्रोएसियासँग ३-० ले पराजित, क्रोएसिया अन्तिम १६ मा

पहिलोपोस्ट /पहिलोपोस्ट


दुई पटकको विश्व विजेता अर्जेन्टिना रसिया विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा क्रोएसियासँग ३-० ले पराजित भएको छ। समूह सी को पहिलो खेलमा आइसल्याण्ड्सँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा पराजित भएपछि दोस्रो चरण प्रवेश गर्ने सम्भावना समेत कठिन बन्दै गएको छ।

उता लगातार दुई खेल जित्दै क्रोएसियाले भने अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। विश्व फुटबलका सुपर स्टार लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनाले पहिलो हाफमा क्रोएसियाको पोष्टमा कुनै सट प्रहार गर्न सकेन।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा क्रोएसियाले ३ गोल गर्‍यो। गोलिकपर विलि कावालेरोको आफ्नै गल्तीमा गोल खाएपछि पछि परेको अर्जेन्टिना विरुद्ध दोस्रो हाफमा क्रोएसियाका कप्तान लुका मोडरिचले गोल गरे भने इभान राटिकटिचले तेस्रो गोल गरे। ५३औँ मिनेटमा कावालेरोले गल्तीमा एन्टे रेविकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए। ८०औँ मिनेटमा मोडरिचले गोल गर्दै क्रोएसियाको अग्रता दोब्बर पारे।

क्रोएसियाका लागि राकिटिकले इन्जुरी टाइममा तेस्रो गोल थप्दै शानदार जित दिलाए।

अर्जेन्टिनाले सन् १९७४ यता पहिलो पटक समूह चरणको सुरुको २ खेल जित्न सकेन। अब समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले अफ्रिकन राष्ट्र नाइजेरियासँग खेल्नेछ र अन्तिम १६ मा स्थान बनाउन अर्जेन्टिनाले उक्त खेल जित्नैपर्नेछ। त्यसअघि शुक्रवार हुने आइसल्याण्ड र नाइजेरिया विरुद्धको खेलको नतिजाले पनि समिकरण फेरबदल गर्न सक्छ।

रसिया विश्वकपमा अन्तिम १६ मा स्थान बनाउने चौथो टिम बनेको छ। यसअघि नै आयोजक रसिया, उरुग्वे र फ्रान्सले दोस्रो चरणमा स्थान सुरक्षित गरिसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell