PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिस, दुई जनामात्र महिला



पहिलोपोस्ट

जिल्ला न्यायाधीशका लागि २२ जनाको नाम सिफारिस, दुई जनामात्र महिला

काठमाडौँः न्याय परिषदले २२ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार साँझ बसेको बैठकले रिक्त दरबन्दी पदपूर्तिका लागि सिफारिस गरेको हो। 

न्याय, कानुन र सरकारी वकिल समूहबाट २२ न्यायाधीश सिफारिसमा परेका हुन्। जसमा न्याय सेवाबाट सबैभन्दा बढी १४ जना रहेका छन्। यस्तै कानुनबाट ३ र सरकारी वकिल समूहबाट ५ जनाको नाम सिफारिस भएको छ। 

सिफारिस हुनेहरुमा सुदर्शन लामिछाने, खिमानन्द भुसाल, टिकेन्द्र दाहाल, वषन्तजंग थापा, चाणकमणि अर्याल रहेका छन्। दाहाल सरकारी वकिल समूहबाट सिफारिसमा परेका हुन्। 

यस्तै कपिलमणि गौतम, विदुर काफ्ले, ध्रुवकुमार उप्रेती, चन्द्रकान्त पौडेल, राजेश कटुवाल, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे पनि सिफारिसमा परेका छन्। 

प्रेमप्रसाद न्यौपाने, प्रह्लादकुमार योगी, दिनबन्धु अर्याल, विनोद खतिवडा, दण्डपाणि लामिछाने, माधव सुवेदी, मणिराम न्यौपाने पनि सिफारिसमा परेका छन्। महिलबाट दुई जनाको नाम सिफारिसमा परेको छ। जसमा गीता श्रेष्ठ र दुर्गा खड्का रहेका छन्। श्रेष्ठ न्याय समूह र खड्का सरकारी वकिल समूहबाट न्यायाधीशमा सिफारिस भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell