PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कांग्रेस सभापति भेलामा घोषणापत्र पेसः सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप



नेत्र तामाङ

कांग्रेस सभापति भेलामा घोषणापत्र पेसः सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप

हेटौ‌ंडाः नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेलामा हेटौंडा घोषणापत्र पेस भएको छ। काभ्रे जिल्लाका सभापति मधु आचार्यले घोषणापत्र पेस गरेका हुन्। घोषणापत्र सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ। घोषणापत्र जारी गर्दै सभापति भेला आज समापन हुँदैछ।

१९ बुँदे घोषणापत्र भेलामा पेस भएको हो। 

भेलामा पेस भएको घोषणापत्रमा सरकारका पछिल्ला गतिविधिलाई आतंकका संज्ञा दिँदै विरोध गरिएको छ। यस्तै, सरकार लम्पसारवाद र सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाइएको छ।

घोषणापत्र अनुसार एक वर्षसम्म सबै तहमा कार्यकर्ता प्रशिक्षणको कार्यक्रम तय गरिएको छ।

संविधान संशोधनमा सरकारले अलमल गरेको भन्दै सरकारको विरोध घोषणापत्रमा गरिएको छ।

सरकार संघीयताविरोधी भएको पनि आरोप घोषणापत्रमा लगाइएको छ। यस्तै, कांग्रेस नेतृत्वका सरकारले गरेका लोककल्याणकारी निर्णयको निरन्तरता नदिएकोमा पनि घोषणापत्रमार्फत आपत्ति जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell