PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुनै पनि हालतमा कांग्रेसलाई नम्बर एक बनाउनुपर्छ, जाली काम गर्नेलाई महाभियोग : देउवा



नेत्र तामाङ

कुनै पनि हालतमा कांग्रेसलाई नम्बर एक बनाउनुपर्छ, जाली काम गर्नेलाई महाभियोग : देउवा

हेटौंडा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कुनै पनि हालतमा नम्बर एक बनाउनुपर्ने बताएका छन्। जिल्ला सभापतिहरुको भेला समापन कार्यक्रमलाई मकवानपुरको हेटौंडामा सम्बोधन गर्दै सभापति देउवाले यसका लागि आजैबाट अहोरात्र खट्ने प्रतिबद्धतासमते जाहेर गरे।

'कुनै पनि हालतमा पार्टीलाई नम्बर वान बनाउनुपर्छ। बहुमत पुग्नेगरी पुरानै अवस्थामा लानुपर्छ। यसका लागि साथीहरु पनि लाग्नुपर्‍यो। म पनि आजैबाट लाग्छु,' देउवाले भने।

देशभरका साथीहरुले निर्वाचनका हारको कुरा गरेको उल्लेख गर्दै यसमा आफ्नो पनि कमजोरी रहेको देउवाको स्वीकारोक्ति थियो।


जाली काम गर्नेलाई महाभियोग

प्रधानन्यायाधीशलाई महाभियोग लगाएको सन्दर्भमा सभापतिहरुले बन्दसत्रमा देउवाबाट जवाफ मागेका थिए। देउवाले जाली काम गर्नेलाई सहयोग गरेकाले सुशीला कार्कीलाई महाभियोग लगाउन बाध्य भएको बताए। 

उनले भने, 'त्यो जाली काम गर्ने सिलवाल(सांसद नवराज सिलवाल) अहिले कुन पार्टीमा छ? दुईटा कार्यसम्पादन मुल्यांकन बोकेर हिडेको छ। त्यस्तो कामलाई सदर गरिदिने उही प्रधानन्यायाधीश। त्यसैल बाध्य भएर महाभियोग लगाउनुपर्‍यो।'

सत्य कुरामा धेरैले विश्वास नगर्ने देखिएको देउवाको गुनासो थियो।

सभापति देउवाले निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएका उदयपुरका सांसद उम्मेदवार नारायण कार्कीलाई पार्टीको केन्द्रीय समितिले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।

समापन समारोहमा देउवाले जिल्ला सभापतिहरुको सुझाव पार्टीका लागि निकै महत्वपूर्ण भएको धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell