PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पौडेलले दिए एकताको सन्देश : मेरो कुनै गुट छैन, पार्टी बलियो बनाउन निस्वार्थरुपमा लाग्छु



पौडेलले दिए एकताको सन्देश : मेरो कुनै गुट छैन, पार्टी बलियो बनाउन निस्वार्थरुपमा लाग्छु

हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पार्टी बलियो बनाउन निस्वार्थ रुपमा लाग्ने धारणा राखेका छन्। आज कांग्रेस जिल्ला सभापतिहरुको भेलाको समापन समारोहलाई हेटौंडामा सम्बोधन गर्दै पौडेलले आफू कुनै गुटमा समेत नरहेको दाबी गरे।

'मेरो कुनै गुट छैन। पार्टी बलियो बनाउन म निस्वार्थ रुपमा लाग्छु,' पौडेलले भने।

यसका लागि सभापति शेरबहादुर देउवाले पनि सबैलाई कांग्रेसको मान्छे भन्ने वातावरण तयार गर्नुपर्ने पौडेलको सुझाव थियो। यसो गरेमा देउवा पुन: नेतृत्वमा आउन सजिलो हुने र प्रधानमन्त्रीसमेत हुने पौडेलले बताए। यसका लागि आफु जेसुकै गर्न तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे।

जिल्ला सभापतिहरुको सवालको जवाफ दिँदै पौडेलले आफूले निर्वाचनमा हार स्वीकारेको प्रतिक्रिया दिए। पौडेललाई देउवा पक्षका सभापतिहरुले निर्वाचनमा हार सहन नसकेको आरोप लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell