PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रिभ्यू : अर्को अप्रत्यासित नतिजाको पर्खाइमा आइसल्याण्ड



पहिलोपोस्ट

प्रिभ्यू : अर्को अप्रत्यासित नतिजाको पर्खाइमा आइसल्याण्ड

रसिया विश्वकप अन्तर्गत समूह डी मा रहेका नाइजेरिया र आइसल्यान्डबीच आज राती ८: ४५ बजे भोल्गोग्राद एरिनामा खेल हुँदैछ।

रसिया विश्वकपमार्फत् नै पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले पहिलो खेलमै दाबेदार अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेर अप्रत्यासित नतिजा निकालिसकेको छ। नाइजेरिया विरुद्ध खेल्दा पनि आइसल्याण्ड उस्तै नतिजाको खोजीमा हुनेछ। उता, पहिलो खेलमा क्रोएसिया विरुद्ध हारेको अफ्रिकन टिम पनि थोरै आइसल्याण्डसँग सचेत हुनेछ। दोस्रो चरण प्रवेशका लागि दुवै टोली आज जितको खोजीमा हुनेछन्।

सन् १९८१ मा यी दुर्इ टोली पहिलो पटक एकअर्का विरुद्ध खेलेका थिए। उक्त मैत्रीपूर्ण खेलमा आइसल्यान्डले नाइजेरियालार्इ ३-० ले पराजित गरेको थियो।

पहिलो खेलमा क्रोएसियासँग पराजित भएको नाइजेरिया र अर्जेन्टिनासँग बराबरीमा रोकिएको आइसल्यान्ड समुहबाट दोस्रो चरणमा पुग्न आज जित्नैपर्ने दबाबमा छन्।

अर्जेन्टिना क्रोएसियासँग ३-० ले पराजित भएपछि अर्जेन्टिनालार्इ अर्को चरणमा पुग्न आजको खेलको नतिजाले पनि प्रभाव पार्नेछ। त्यसैले पनि नाइजेरिया र आइसल्यान्ड आजको खेलमा जित हात पार्दै राउण्ड अफ १६ मा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ।

नाइजेरियाले हालसम्म विश्वकपमा ५ खेल जितेको छ। उसले सबै जित युरोपियन देशहरु विरुद्ध निकालेको छ। तर 'सुपर इगल' भनेर चिनिने नाइजेरियाले पछिल्ला १३ विश्वकप खेलहरुमध्ये १ खेलमात्र जितेको छ। साथै पछिल्ला ११ विश्वकप खेलमा नाइजेरियाले गोल गर्न सकेको छैन। समूहमा अंकविहीन रहेको नाइजेरियाले आज जितेको खण्डमा उसको दोस्रो चरणमा पुग्न आशा जिवितै रहनेछ।

नाइजेरियाले विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालार्इ ४-२ गोल अन्तरले पराजित गरेको थियो। आजको खेलपछि अब नाइजेरियाले अन्तिम खेलमा अर्जेन्टिनाकै सामना गर्नुपर्ने हुन्छ। त्यसैले आइसल्यान्डलार्इ पराजित गरेर अर्जेन्टिनामाथिको विजय यात्रा कायम राख्ने लक्ष्य नाइजेरियाली टोली रहेको छ।

आइसल्यान्डले अर्जेन्टिनालार्इ विश्वकपको डेब्यु खेलमा बराबरीमा रोकेर सबैलार्इ आश्चर्यमा पारेको थियो। आज नाइजेरियासँगको खेलमा विजय भइ आइसल्यान्ड दोस्रो चरणमा पुग्न आशा जिवितै राख्न चाहन्छ। अलफ्रेड फिनबोग्यासनले आइसल्यान्डका लागि आफूले खेलेको तिनै खेलमा गोल गरेका छन्। अर्जेन्टिनाविरुद्ध २३ औं मिनेटमा उनले नै गोल गरी आफ्नो टोलीलार्इ पराजयबाट बचाएका थिए। आजको खेलमा पनि अलफ्रेड माथि आइसल्यान्डलार्इ विजय बनाउने चुनौती रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell