PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

नीजगढमा प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु



राधेश्याम पटेल

नीजगढमा प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

वीरगंज : बाराको निजगढमा आजदेखि प्रथम निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना हुँदैछ।

प्रतियोगिताको आयोजना निजगढ तेक्वान्दो डोजाङले गर्दै छ। शुक्रवार र शनिवार गरि दुई दिन सञ्चालन हुने प्रतियोगितामा सातवटा प्रदेश र आयोजक गरि कुल ८ टिमको सहभागिता रहेको छ।

प्रतियोगिता संयोजक बसन्त लामाका अनुसार विभिन्न १३ तौल समुहको बीचमा प्रतिष्पर्धा हुने खेलहरुमा महिलातर्फ ६ तथा पुरुषतर्फ ७ तौल समुहमा प्रतिष्पर्धा हुनेछ।

महिलातर्फ ४२, ४६, ५३, ५७, ६२ र ७३ केजी तौलसमुहमा खेल भइरहेको र पुरुष तर्फ २५, ३३, ४५, ५४, ५८, ६३ र ७४ केजी तौल समुहविच प्रतिस्पर्धा हुँदैछ।

७ वटै प्रदेशका खेलाडीहरुको टोली नीजगढ आइसकेको र उद्घाटन पनि भइसकेको बताइएको छ। निजगढ नगरपालिकाको सहयोगमा सञ्चालन हुन लागेको प्रतियोगिताको सहआयोजकमा नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिती बारा र प्रवद्र्धकमा नेपाल खेलकुद पत्रकार मञ्च बारा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell