PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्लेअर्स टु वाच : जेसस, नाभास, मोसेस, हाल्डेरसन, मिट्रोभिक, शाकिरी



पहिलोपोस्ट

प्लेअर्स टु वाच : जेसस, नाभास, मोसेस, हाल्डेरसन, मिट्रोभिक, शाकिरी

रसिया विश्वकप अन्तर्गत आजपनि ३ खेल हुँदैछ। साँझ ५:४५ बजे समूह इ मा रहेको ब्राजिल र कोस्टारिका तथा राती ८:४५ बजे समूह डीका नाइजेरिया र आइसल्याण्डबीच खेल हुँदैछ।

यस्तै राती ११:४५ बजे समूह ई मा रहेका सर्विया र स्वीटजरल्याण्डबीच खेल हुनेछ।

आजका खेलका हेर्नलायक खेलाडीहरु।

 

गाब्रीएल जेसस, ब्राजिल

गाब्रीएल जेसस ब्राजिलियन फुटबल टोलीका कान्छा खेलाडी हुन्। २१ वर्षीय जेससले ब्राजिलका लागी १८ खेलमा १० गोल गरेका छन्। म्यानचेस्टर सिटीबाट फरवार्डका रुपमा व्यवसाहिक फुटबल खेल्ने ब्राजिलियन योङ् ट्यालेन्ट जेसस ब्राजिलियन खेलाडी रोनाल्डोलार्इ आफ्नो प्रेरणा ठान्छन्। रोनाल्डोलार्इ उत्कृष्टको पर्याय मान्ने जेससलार्इ रोनाल्डोले पनि खुलेर प्रशंसा गरेका छन्। जेसस २०१६ मा बोला डी ‍औरो र बोला डी प्राटाबाट सम्मानित भएका थिए। म्यानचेस्टर सिटी र ब्राजिलको पलमाइरसबाट खेल्दै उनले ५२ गोल गरिसकेका छन्।

 

केलर नाभास, कोस्टारिका

३१ वर्षीय केलर नाभास कोस्टारिकाका उत्कृष्ट गोलकिपर हुन्। केइलर नाभासको उत्कृष्ट प्रदर्शनले २०१४ मा कोस्टारिकाले विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। हालसम्म कोस्टारिकाबाट ८२ खेल खेलेका नाभास व्यवसाहिक फुटबल चाहिँ स्पानी लिगमा रियल मड्रिडबाट खेल्दछन्। कोस्टारिकामा एक प्रसिद्ध सेलिब्रिटी बनेका नाभास सुरक्षा गार्ड राखेर हिँड्छन् जुन कोस्टारिकाका लागि एकदमै नौलो हो। फुटबलर रहेका बुबा फ्रेडी नाभासले केलरमा रहेको प्रतिभालार्इ पहिल्यै चिनेर गाउँमै फुटबल सिकाउन थालेका थिए। २०१४ विश्वकपअन्तर्गत राउण्ड अफ १६ मा ग्रीससँग उनले गोलपोस्टमा कयौं प्रहार रोकेका थिए। उनी सो खेलका म्यान अफ डी म्याच भएमा थिए।

 

भिक्टर मोसेस, नाइजेरिया

प्रिमियर लिग क्ल्ब चेल्सीबाट व्यावसाहिक फुटबल खेल्दै आएका भिक्टर मोसेस नाइजेरियन फुटबल टोलीका लागी रचनात्मक खेल प्रदर्शन गर्दै आएका छन्।  नाइजेरियाबाट ३२ खेलमा उनले ११ गोल गरेका छन् भने विभिन्न क्ल्बबाट खेल्दै उनले ४५ गोल गरेका छन्। शरणार्थीका रुपमा इंग्ल्यान्ड पुगेका मोसेसको प्रतिभा चिनेर उनलार्इ इंग्ल्यान्डबाट अन्डर १६ समूहमा छनिएको थियो। मोसेसले इंग्ल्यान्डको अन्डर २१ फुटबल समूहसम्म खेलेका थिए। पछि उनले नाइजेरियाबाट फुटबल खेल्न थाले।

 

हानेस थोर हाल्डोरसन, आइसल्यान्ड

हानेस थोर हाल्डोरसन आइसल्यान्डका स्टार गोलकिपर हुन्। अर्जेन्टिनासँगको पहिलो खेलमा लियोनल मेसीको पेनाल्टी लगायत उत्कृष्ट प्रहारहरु बचाउ गर्दै हाल्डोरसनले आइसल्यान्डलार्इ पराजयबाट बचाउँदै अंक दिलाउन मद्दत गरेका थिए। अर्जेन्टिनालार्इ बराबरीमा रोक्दै विश्वकपमा सुखद सुरुवात दिलाएका हाल्डोरसन उक्त खेलका म्यान अफ डी म्याच घोषित भएका थिए। फिल्म निर्देशक समेत रहेका हाल्डोरसनले आइसल्यान्डबाट ५० खेल खेलेका छन्। विश्वकप छनौटमा पनि राम्रो प्रदर्शन गरेका उनले आइसल्यान्डलार्इ रसिया विश्वकपसम्म पुर्‍याएका हुन। उनी डेनमार्कको रेनडर्स फुटबल क्ल्बबाट व्यावसाहिक फुटबल खेल्दै आएका छन्।

 

एलेक्जेन्डर मिट्रोभिक, सर्बिया

एलेक्सेन्डर मिट्रोभिक प्रिमियर लिग क्ल्ब न्युक्यासल युनाइटेडबाट स्ट्राइकरको भूमिकामा खेल्छन्। २३ वर्षीय मिट्रोभिक आफूलार्इ सर्वियन बालाटोली भनेर चिनाउने गर्छन्। ३९ खेलमा १६ गोल गरेका मिट्रोभिक सर्वियाका मुख्य स्ट्राइकर हुन्। न्युक्यासल, पार्टीजन फुलह्याम लगतायतका क्लबमा आबद्ध भइ उनले ९८ गोल गरेका छन्। २०१३ मा युरोपियन अन्डर १९ जिताएका मिट्रोभिक त्यसपछि लगातार राष्ट्रिय फुटबल टोलीबाट खेल्दै आएका छन्।

 

जेरदन शाकिरी, स्वीट्जरल्यान्ड

'क्युब अफ पावर', 'म्याजिक ड्रवाफट' जस्ता उपनामले परिचित सकिरी स्टोक सिटी र स्विस फुटबल टोलीमा विङ्गरको भूमिकामा खेल्छन्। इन्टर मिलान, स्टोक सिटी, बार्यन म्युनिक लगायतका क्लबबाट व्यवसायिक फुटबल खेल्दै उनले ६६ गोल गरेका छन्। स्वीट्जरल्यान्डबाट उनले ७१ खेलमा २० गोल गरेका छन्। 'अल्पाइन मेसी' भनेर पनि चिनिने स्वीट्जरल्यान्डका उत्कृष्ट युवा फुटबलर सकिरी २०१५ मा फिफा १५ को कभरमा लियोनल मेसीसँगै देखिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell