PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

संघीय संसदको संयुक्त नियमावली पारित



पहिलोपोस्ट

संघीय संसदको संयुक्त नियमावली पारित

काठमाडौं: संघीय संसदले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित भएको छ। आज बसेको संघीय संसदको संयुक्त बैठकले नियमावली बहुमतले पारित गरेको हो।

नियमावली मस्यौंदा समितिका संयोजक कृष्णभक्त पोख्रेललेले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारितका लागि प्रस्ताव राखेका थिए।

सांसद विमला विश्वकर्माले सुनवाई समिति समावेशी बनाउने विषयमा राखेको संशोधन पनि स्वीकृत भएको थियो।

नियमावली मस्यौदामा सांसदहरु विश्वकर्मा, दुर्गा पौडेल र प्रेम सुवालले संसोधन प्रस्ताव हालेका थिए।

संयुक्त नियमावली पारित भएसँगै संसदीय सुनवाई समिति गठनको बाटो खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell