PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बा : कविता



पहिलोपोस्ट

बा : कविता

  • उत्तम रिमाल

 

मेरा संसार पनि उनै हुन्

मेरा बा पनि उनै हुन्

उनी अझै पनि त्यस्तै छन्

त्यही पुरानै

जस्ताका तस्तै

फेरिएको भन्छौ त बस्

काला रौँ सेता भए होलान्

गालामा चाहुरी पलाए होलान्

हल्का मोटाए कि?

तर बुझ्नु

मनबाट त्यस्तै

पहिलेको जस्तै!!

 

म उहिले

बाले किन्दिएको नाना लाउथेँ

सबैले बा बा भन्थे

कति सुहाएको भन्थे

म समझिरहन्छु

त्यतिबेलाका च्वाँक च्वाँक सुन्दरीहरु

यो बाबुको उमेर मिल्दैन नत्र

म उही संग बिहे गर्छु भन्थे

म मख्ख पर्थे

छिमेकी रास्ट्रपति नेपाल आउदाका

नेताजी भन्दा बढी

म दङ्ग पर्थे

भर्खरै पहिलो चोटि डेट गएर आएको

जोडी भन्दा कयौं गुणा ।।

 

अचेल

म बा ले नै किन्दिएको लुगा लाउछु

म मा फरक

म अलिक बढेको छु

हल्का फुल्का पढेको छु

धन्न पास बनाइदिन्छन मास्टर जि ले

तै तै कक्षा चडेको छु

तर मेरो बा

अह केही बदलिएका छैनन्

मनै काट्ने गरि फेरिए त केबल

पहिलेका वा वा छ्याहरुमा

सुहाएको नाना झुत्रे लुगाहरुमा

बिहे गर्थे भन्नेहरु

लब त टाढा

मिसिए हेर्दै नहेर्नेहरुमा।।

 

पाखे नै सहि

म खुशी नै छु

किनकी

अरुका बा ले नाना मात्रै किन्दिए होलान

मैले बा बाट नाना र लुगा दुइटै पाएको छु

अरुले

बा को गाली चाख्ने भाग्य लेखेर आएकि आएनन्

मैले त बा बाट पिटाइ पनि खाएको छु

त्यसैले त म खुशी छु

दङ्ग छु

किनभने

मैले मेरो बा लाई सधैं मानेको छु

बा ले मायाले सधैं मलाइ तानेका छ्न

हामी बाउ छोरा

आफ्नै छुट्टै दुनियाँमा रमेका छौँ

जहाँ

बा राजा म राजकुमार

बाकी सबै

म्या म्या गर्ने भेडा बाख्रा

जसले बोलेको न राजाले बुझेका छन

न राजकुमारले बुझ खोजेको छ।।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell