PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विदेश जाँदै गरेका ५ महिलालाई रोकियो



रासस

काठमाडौँ : वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ। 
    
कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिए। 
    
“विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो” – उनले भने। 
    
‘वैभव’ नामक मेनपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिष्ट’ मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने ‘क्लिनर्स’का लागि श्रम स्वीकृति दिइएको छ। उनीहरुलाई बिहान ८:३० बजे विमानस्थलबाट फिर्ता पठाइएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell