PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मेस्सी सोल्टीले पो खेल्नै सक्नुभएन : इकु

मेस्सी सोल्टीले पो खेल्नै सक्नुभएन : इकु

रीना मोक्तान/पहिलोपोस्ट


‘नानी तक तानी तानी तक नानी इकु इकु’ भन्दै नेपाल टिभीमा देखिने ‘वनमान्छे’ इकु यतिबेला ‘ब्राजिल ब्राजिल’को नारा लगाउँदै छन्। शुक्रबार साँझको खेलमा ब्राजिलले कोस्टारिकालाई २ गोलको अन्तरले जितेपछि इकुको खुशी ह्वात्तै चुलिएको छ।

मनपर्ने टिमको समर्थन गर्ने होडबाजीमा सामाजिक सञ्जाल फेसबुकका प्रोफाइल खेलाडीका तस्वीर राख्नेदेखि समर्थन गरेको टिमको जर्सी किन्ने ट्रेन्ड नै छ। यस्तोमा ब्राजिल टोलीको डाइ हार्ट फ्यान इकु अर्थात सुलेमान शंकर किन अछुतो रहन सक्थे? हाँस्य कलाकार शंकरले सन् २००२ को विश्वकपबाट ब्राजिल समर्थन गर्दै आएका हुन्। 

‘तनाव भएको थियो नि। कसले जित्ला भनेर,’ उनी खुशी व्यक्त गर्छन्। इन्जुरी समयमा फिलिप काउटिन्हो र नेमारले गरेको गोलले भने उनलाई खुशी बनायो। ‘म त जर्सी चुमेर उफ्रेँ। किन किन जर्सी लगाएपछि टिमसँग आफ्नोपन महसुस हुन्छ।’ 

ब्राजिलले विश्वकप जित्ने दाबी गर्छन् उनी। भन्छन् 'ब्राजिलले हार्छ भन्नेहरु धेरै छन्। मलाई चाहिँ विश्वास छ, ब्राजिलले जित्नै पर्छ।' 

उनको कन्फिडेन्स कति भने नजिकको दाइसँग २० हजार रुपैयाँको  बाजी राखेका छन्।

विश्वकप सुरु भएसँगै उनले समय मिलाएर सबै म्याच हेर्ने गरेका छन्। पछिल्ला खेलहरुमा उनलाई अर्जेन्टिना र क्रोएसियाको खेल रोचक लाग्यो। ठट्यौली शैलीमा भने, 'मेस्सी सोल्टीले त खेल्नै सक्नु भएन नि।' 

सानोमा खुब फुटबल खेल्ने उनी अहिले हेर्नमा नै रमाउँछन्। त्यसमाथि ४ वर्षमा आउने विश्वकपले विशेष महत्व राख्छ उनका लागि। ‘एकपटक गहिरो चोट नलागेको भए म आज दर्शम मात्र हुँदैननथेँ,’ उनले सुनाए। 

एक्लै बसेर विश्वकप हेर्न रमाइलो मान्ने इकु फाइनल भने साथीहरुसँग बसेर हेर्ने योजनामा छन्। ‘ग्याङमा हेरेपछि मादक पदार्थमा बढी फोकस्ड भइन्छ,’ उनले सुनाए, ‘खाएपछि हल्ला धेरै हुन्छ। म्याच हेर्न डिस्टर्व। मलाई पिएको मन पर्दैन।'
 


ट्रेन्डिङ पोस्ट

Ncell