PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

शिव श्रेष्ठ र्‍याम्पमा



पहिलोपोस्ट

शिव श्रेष्ठ र्‍याम्पमा

काठमाडौं :  फिल्म 'एउटा यस्तो प्रेम कहानी' छायाँकन सकिएको छ। निर्माण टिमले प्रचारप्रसार पनि सुरु गरेको छ।

हालै काठमाडौंमा सम्पन्न 'फेशन शो'मा फिल्मका अभिनेता शिव श्रेष्ठ र्‍याम्पमा हिँडे। उनी अन्य मोडलहरु र कलाकारसँगै र्‍याम्पमा हिँडेका थिए। फिल्म 'एउटा यस्तो प्रेम कहानी'मा अभिनेता श्रेष्ठको अभिनय रहेको छ। 

फिल्म 'एउटा यस्तो प्रेम कहानी'लाई दिपेश सापकोटाले निर्देशन गरेका हुन्। फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सञ्जोग कोईराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुब कोईराला, बिष्णु चेमजोङ, लगायतको अभिनय छ।

फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मको निर्मातामा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा राई छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell