PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्लेअर्स टु वाच : केन, कागावा, माने, लेवान्डोस्की, रोड्रिगेज



पहिलोपोस्ट

प्लेअर्स टु वाच : केन, कागावा, माने, लेवान्डोस्की, रोड्रिगेज

आज विश्वकपमा ३ खेल हुदैछन्। बेलुकी ५:४५ मा इंग्ल्यान्डले पानामाको सामना गर्दा, ८:४५ मा जापानविरुद्ध सेनेगल र ११:४५ मा पोल्याण्डविरुद्ध कोलम्बिया भिड्दैछन्। राउण्ड अफ १६ मा पुग्न सबै टोलीलार्इ जित्नै पर्ने दबाब रहेको छ।

दबाबबिच केही खेलाडीहरु माथि सबैको नजर रहेको छ।

 

ह्यारी केन (इंग्ल्यान्ड)

२४ वर्षीय टोटेनह्याम हटस्परका स्ट्राइकर ह्यारी केन इंग्ल्यान्डका कप्तान हुन। युवाहरुको वर्चश्व रहेको इंग्ल्यान्डको नेतृत्व गरिरहेका ह्यारीले ट्युनिसिया विरुद्धको पहिलो खेलमा दुर्इ गोल गरी आफ्नो टोलीलार्इ विजयी बनाएका थिए। उनले इंग्ल्यान्डका लागि २५ खेलमा १५ गोल गरेका छन्। पानामा विरुद्ध पनि उनको नेतृत्वमा रहेको इंग्ल्यान्डको प्रदर्शन राम्रो हुने अपेक्षा गरिएको छ।

इंग्ल्यान्डका लागी युवा चरणदेखी नै खेल्दै आएका ह्यारीलार्इ २०१७ मा 'गार्डियन'ले वेस्ट फुटबलर अन द प्लानेटको सूचीमा पाचौं नम्बरमा राखेको थियो। २०१८ विश्वकप क्वालिफायरमा उनले स्लोभेनिया र स्कटल्याण्डविरुद्ध गरेको गोलले इंग्ल्यान्ड रसिया विश्वकप २०१८ मा छनौट भएको थियो। उनलार्इ इंग्ल्यान्ड वर्ष खेलाडी २०१७ बाट पनि सम्मानित गरिएको थियो।

 

लुइस टेजाडा, पानामा

पानामाका लागी १०५ खेलमा ४३ गोल गरेका लुइस टेजाडा पानामाका अनुभवी र स्टार खेलाडी हुन्।  हाल उनी पेरुभियन प्रिमियर डिभिजनको स्पोर्ट ब्वाइज क्ल्बबाट व्यवसायिक फुटबल खेल्दैछन्।  गोलका लागी उनको अथक मिहिनेतका लागी उनलार्इ मेटेडर उपनामले पनि चिनिन्छ। वर्षौको प्रयास र योगदान पछि विश्वकपमा सहभागी हुन पाउनु नै टेजाडाका लागी गर्व गर्ने विषय रहेको छ। धेरै युवा खेलाडी टोलोमा मौकाका लागी पर्खी रहेकाले यो विश्वकप पछि सबैलार्इ धन्यवाद दिदै टोलीमा युवाका लागी मार्ग प्रस्सत गर्ने टेजाडाको लक्ष्य रहेको छ। तर क्ल्बका लागी भने उनी फुटबल खेलिरहेछन्।

 

सिन्जी कागावा, जापान

जापानी फुटबल टोलीबाट ९३ खेलमा ३१ गोल गरेका सिन्जी कागावा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट एट्याकिङ् मिडफिल्डरका रुपमा खेल्छन्। समूह चरणमा कोलम्बियासँगको पहिलो खेलमा उनले पहिलो गोल गरी जापानलार्इ अग्रता दिलाएका थिए। राउण्ड अफ १६ मा पुग्न जापानले आज  समान ३ अंक रहेको सेनेगललार्इ पराजित गर्नु पर्ने हुनेछ। त्यसैले पनि कागावामाथि जापानी टोलीको निकै आश रहनेछ।

जापानी फुटबल टोलीका स्टार खेलाडी कागावाको जापानका अन्य खेलाडीहरु भन्दा धेरै ट्वीटर फलोवर्स भएका खेलाडी हुन्। सेरेजो ओसाका, म्यानचेस्टर युनाइटेड र बोरुसिया डर्टमन्ड जस्ता क्लबबाट खेल्दै उनले १२३ गोल गरेका छन्। कागावा २०१२ एसियन अन्तर्राष्ट्रिय फुटबलर उपाधीबाट सम्मानित भएका थिए।

 

साडियो माने, सेनेगल

२६ वर्षिय सडियो माने सेनेगल फुटबल टोलीका स्टार खेलाडी हुन्। फरवार्डका रुपमा उनले सेनेगलका लागी ५२ खेलमा १४ गोल गरेका छन्। माने लिभरपुलबाट विङ्गरका रुपमा खेल्छन्। टोलीमा राम्रो प्रदर्शनका कारणले मात्र होइन उनले मैदान बाहिर गरेको समाजसेवाबाट पनि माने धेरैका लागी प्रेरणा बनेका छन्।

२०१२ मा सेनेगल फुटबल टोलीमा डेब्यु गरेका मानेले २०१२ ओलम्पिक, २०१५ र २०१७ को अफ्रिकन कप अफ नेसनेसमा राम्रो प्रदर्शन गरेका थिए। साउथह्याम्पटन, लिभरपुल लगायतका कल्बबाट खेलेर उनले १०५ गोल गरेका छन्। सडियो माने २०१६-१७ मा लिभरपुल वर्ष खेलाडी घोषित भएका थिए। समूहमा समान ३ अंक रहेको एसियाली पावर हाउस जापानलार्इ पराजित गर्न सेनेगलका  साडियो मानेको प्रदर्शनमा पनि निर्भर रहनेछ।

 

रोबर्ट लेवानडोस्की, पोल्याण्ड

सेनेगलसँग २-१ ले पराजित भएपछि पोल्यान्ड फुटबल टोलीका कप्तान रहेका रोबर्ट लेवानडोस्की माथि आजको खेलमा आफ्नो टोलीलार्इ विजयी बनाउनु पर्ने दबाब रहेको छ। पोल्यान्डका सर्वाधिक गोलकर्ता रहेका २९ वर्षीय रोबर्ट लेवानडोस्कीले पोल्यान्डका लागी ९५ खेलमा उनले ५५ गोल गरेका छन्।

उनले रसिया विश्वकप छनौटमा सर्वाधिक १६ गोल गर्ने गरेका थिए। हाल वायर्न म्युनिखबाट फुटबल खेल्दै आएका लेवानडोस्कीले विभन्न क्लबमा रही ३३२ गोल गरिसकेका छन्। लेवानडोस्की २०१६-२०१७ बुन्डेसलिगाका वर्ष खेलाडी घोषित भएका थिए।

 

जेम्स रोड्रिगेज, कोलम्बिया

जापानसँगको खेलमा कोलम्बिया पराजित भएपछि रोड्रिगेजमाथि कोलम्बियालार्इ जिताउनका लागी दबाब रहनेछ। २०१४ विश्वकपका हरेक खेलमा गोल गरेका रोड्रिगेजले रसिया विश्वकपको पहिलो खेलमा अपेक्षा गरिएको जस्तो खेल्न सकेका थिएनन्। उक्त विश्वकपमा उनले ५ गोल गरेका थिए। कोलम्बियाली फुटबल टोलीका स्टार खेलाडी जेम्स रोड्रिगेजले कोलम्बियाबाट ६३ खेलमा २१ गोल गरेका छन्।

वायर्न म्युनिखका एट्याकिङ् मिडफिल्डर र विङ्गर हुन् समेत रहेका रोड्रिगेजले विश्वकप छनोटमा उनले ६ गोल र ४ एसिस्‍ट गरेका थिए। पोर्टो, मोनाको, रियल मड्रिड, वायर्न म्युनिख लगायतका क्लबबाट खेलिसकेका उनले १०४ गोल गरेका छन्। जेम्स रोड्रिगेज ला-लिगा २०१४-१५ का वेस्ट मिडफिल्डर घोषित भएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell