PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आइसल्याण्डका यी 'सेक्सी' खेलाडी, अर्जेन्टिनासँग खेलेपछि जसको इन्स्टामा एकै दिनमा ७ लाख फलोवर्स बढे



पहिलोपोस्ट

आइसल्याण्डका यी 'सेक्सी' खेलाडी, अर्जेन्टिनासँग खेलेपछि जसको इन्स्टामा एकै दिनमा ७ लाख फलोवर्स बढे

आइसल्याण्डले विश्वकपको डेब्यु खेलमै २ पटकको विश्वविजेता अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेर सनसनी मच्याएको थियो। सोही खेमला गोलकिपर हाल्डोरसनले मेसीको पेनाल्टी समेत रोकेका थिए।

मिडफिल्डर रुरिक गिस्लासनले पनि उक्त खेलमा राम्रो प्रदर्शन गरेका थिए। लामो कपाल  पालेका यी ह्याण्ड्सम खेलाडीले आइसल्याण्डका लागि १९ नम्बरको जर्सी लगाएर खेलेका थिए।

तर उनको प्रदर्शन मात्र समाचारको हेडलाइन बनेन एकदिनमै उनी सामाजिक सञ्जालमा सेन्सेसन बने

३० वर्षीय गिस्लासनले जर्मनी सेकेण्ड टायर टिम एसभी सान्धाउनसेनबाट क्लब फुटबल खेल्ने गर्छन्।

रसिया विश्वकप सुरु हुनुअघि यी खेलाडीको इन्स्टाग्राम फलोवर्स जम्मा ३० हजार मात्र थियो। उनी सामाजिक सञ्जालमा खासै लोकप्रिय थिएनन्।

तर अर्जेनट्ना विरुद्धको खेलपछि पहिलो पटक गिस्लासनलाई देख्नेहरुले मन पराए। एकै दिनमा उनको फलोवर्स ७ लाखले बढ्यो। अझ ट्रवीटरमा त #सेक्सीरुरिक भनेर ट्रेन्डिङ नै चलेको थियो।

अहिले आइसल्याण्डको पुरै जनसंख्या भन्दा यी मिडफिल्डरको इन्स्टा फलोसर्स झण्डै ३ गुणाले बढी छ। आइसल्याण्डको जनसंख्या ३ लाख २८ हजार छ।

उनले सुरुमै केही सेलेब्रेटीहरुको ध्यान तानेका थिए। अर्जेन्टाइन एक्ट्रेस गिमेना एकार्डीले उनलाई इन्स्टामा फलो गर्न थालिन्। त्यसपछि ब्राजिलिनय एक्ट्रेस गाब्रीएला लोपेजले आफ्ना फलोवर्सहरुलाई प्रश्न सोध्दै कसरी यत्तिको क्युट हुन सम्भव छ?

यस्तै अर्जेन्टाइन ट्रभाल कम्पनीले पनि गिस्लासनको फोटो सेयर गर्दै नोर्डिक आइसल्याण्डको भ्रमणका लागि विज्ञापनमा प्रयोग गरेका थिए।

सन् २००९ मा आइसल्याण्डको राष्ट्रिय टिमका लागि डेब्यु गरेका यी खेलाडीले ४९ खेल खेल्दै ३ गोल समेत गरेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell